काबुल । दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि मङ्गलबार बेइजिङले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिवान सरकारले जनाएको छ ।
तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले चीनको सहायता औषधी र खाद्यान्नको लागि प्रयोग गरिने बताउनुभएको टोलो समाचार संस्थाले उल्लेख गरेको छ ।
तालिवानका उपप्रधानमन्त्री मुल्लाह बारादर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दोहामा भएको दोस्रो सार्वजनिक भेटवार्तापछि यस्तो घोषणा गरिएको हो । दुवै पक्षले अफगानिस्तानको राजनैतिक र आर्थिक स्थितिबारे छलफल गरेको कुरा मुजाहिदले पत्रकार सम्मेलनमा बताउनुभएको खामा प्रेस न्यूज एजेन्सीले लेखेको छ ।
वाङ यीसँग सोमबार भएको भेटमा मुल्ला बारादरले अफगान तालिबानले चीनको सुरक्षा चिन्तालाई ठूलो महत्व दिएको बताउनुभएको थियो । वाङले तालिबानले खुलापन र सहिष्णुताको थप प्रदर्शन गर्ने, देशका सबै जातीय समूहहरूलाई एकजुट भएर शान्तिपूर्ण पुनर्निर्माणका लागि सँगै काम गर्ने विश्वास व्यक्त गर्नुभएको चिनियाँ सञ्चारसंस्था ग्लोबल टाइम्सले आफ्नो समाचारमा लेखेको छ ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१