तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका कार्यालयले गाउँ फर्क अभियानअन्तर्गत रु एक लाख अनुदान दिने निर्णय गरेको छ । जग्गाविहीन नागरिकलाई गाउँमा फर्किनका लागि आकर्षण गर्ने उद्देश्यले आवास निर्माणका लागि उक्त रकम दिने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । ऋषिङ फर्क अभियानअन्तर्गत जग्गाविहीन स्थानीयवासीलाई आवास निर्माणका लागि उक्त रकम अनुदान दिन सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । गत असार र साउन महिनामा परेको अविरल वर्षाका कारण बाढीपहिराका कारण बस्ती स्थानान्तरणमा क्षति भएका परिवारलाई आवश्यकता हेरी आवास निर्माणका लागि रु ६० हजारसम्म अनुदान दिने निर्णय गरेको छ ।
उक्त बैठकले विद्यालयका इसिडी सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीको न्यूनतम तलबमापन गर्ने शिक्षा समितिको प्रस्ताव सर्वसम्मत पारित गर्ने तथा सङ्घीय सरकारले व्यवस्था गरेअनुरुप न्यूनतम तलबमापन गर्ने निर्णय गरेको छ ।
Related News
सम्बन्धित समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१