पोखरा ।
रूपा गाउँपालिका देउरालीस्थित समाजसेवी गौरीमाया घिमिरेको निधन भएको छ । ‘देउराली आमा’ का नामले परिचित गौरीमायाको गत सोमबार ६४ वर्षको उमेरमा निधन भएको हो । उनी केही समयदेखि दमबाट पीडित थिइन् ।
कास्कीको मर्ज्याङकोट बसौला परिवार उनको जन्म भएको थियो । उनी अमरबहादुर घिमिरेसँग २०३१ सालमा वैवाहिक जीवनमा बाँधिएकी थिइन । रूपा गाउँपालिका देउराली स्वास्थ्य चौकीमा ३ दशक स्वास्थ्यकर्मीका रूपमा काम गरेकी घिमिरेले हातेमालो आमा समूह, खानेपानी, वन, सडक उपभोक्ता समितिमा रहेर सामाजिक सेवा गरेकी थिइन् ।
उनका १ छोरा रमेश घिमिरे, बुहारी प्रतीक्षा कार्की, छोरी सरु घिमिरे, कमला घिमिरे, श्रीमान् अमरबहादुर घिमिरे, २ नाति र २ नातिनी छन् । मणिपाल शिक्षण अस्पतालमा आयोजित श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस कास्कीका पूर्व सभापति तथा पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले पार्टीको झन्डा ओढाएर श्रद्धान्जली दिएका थिए ।
पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष प्रकाशमोहन खनालले नेपाली कांग्रेस पार्टीलाई माया गर्ने र गुन लगाउने आमा गुमाएकोमा समवेदना व्यक्त गरेका गरे । रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा श्रद्धाञ्जली सभामा सरिक थिए । नेपाली काँग्रेसका पूर्व महामन्त्री, पूर्व सभामुख, पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तारानाथ रानाभाटले सतिघाट पुगेर गौरीमायालाई श्रद्धाञ्जली दिँदै ‘दुःखका दिनमा पार्टी र कार्यकर्तालाई निस्वार्थ सहयोग गर्ने’ क्रियाशील सदस्यलाई नेपाली काँग्रेसले स्मरण गरिरहने बताए । उनको क्रियामा छोरी कमला समते बसेकी छन् ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१