पोखरा । पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको हाराहारीको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कात्तिक ५ गते शुक्रबारबाट सुरु हुने कार्यशाला १० दिनसम्म चल्नेछ । कार्यशालाको लागि पोखरा थिएटरले सहकार्य गर्नेछ ।
पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुने कार्यशालामा रंगक्षेत्र, निर्देशन क्षेत्र सहितका विविध क्षेत्रमा स्थापित बनिसक्नुभएका प्रशिक्षकहरुले सहजिकरण गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले बताए । स्थापनाको छोटो समयमानै गण्डकी प्रज्ञा प्रतिष्ठानले केही महत्वपूर्ण कार्यक्रम गरिसकेको उनको दाबी छ । ‘नाटकले मनोरञ्जन मात्र दिँदैन, सन्देश पनि दिन्छ, यसको बेग्लै महत्व भएकोले गण्डकी प्रदेशका ११ जिल्लाका सहभागीलाई तालिम दिन लागिएको हो,’ कुलपति विखर्चीले भने । प्रशिक्षार्थीले तालिममा सिकेका सिपलाई आफ्नो जिल्लामा गएर प्रयोग गर्न थालेपछि नाट्य गतिविधि बढ्ने उनको विश्वास छ । ‘तालिममा सिकेका सिपहरु प्रशिक्षार्थीहरुले आफ्नो जिल्लामा गएर प्रयोग गर्नुहुनेछ जसका कारण गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई क्रियाशील बनाउन सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास हो,’ उनले थपे ।
गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाकोे सहभागिता रहने
गण्डकी प्रदेशमा नाटक प्रतिको आर्कषण बढाउन कार्यशाला आयोजना गरिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठको भनाइ छ । ‘नाटकप्रतिको आर्कषण बढाउन कार्यशाला आयोजना गरेका हौं,’ उनले भने । प्रदेशका सबै जिल्लामा नाटक निर्देशन गर्नसक्ने व्यक्तिको उत्पादन गर्नु आफूहरुको उद्देश्य रहेको उनको भनाइ छ । ‘प्रदेशका सबै जिल्लामा नाटक निर्देशन गर्न सक्ने व्यक्ति उत्पादन गरेर उहाँकै माध्यमबाट उक्त जिल्लामा नाट्य गतिविधि हुने वातावरण निर्माण गर्नेछौं,’ श्रेष्ठले भने । नाट्य क्षेत्रका लािग थप कार्यक्रम आयोजना गर्ने तयारीमा समेत आफूहरु रहेको उनले खुलाए ।
नाटक निर्देशन कार्यशालाको लागि सहकार्य गरिएको संस्था पोखरा थिएटरका अध्यक्ष परिवर्तनले गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना हुन लागेको कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘गण्डकी प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्न पाएकोमा खुसी छौं, नाटक निर्देशन कार्यशालाले गण्डकी प्रदेशको नाट्य क्षेत्रमा सकारात्मक ऊर्जा थप्नेछ,’ परिवर्तनले भने । हरेक जिल्लाबाट नाटकमा क्रियाशील बनेका व्यक्तिहरुलाई कार्यशालामा सहभागी गराउन लागिएको उनको भनाइ छ । ‘यो कार्यशालाले एउटा जग निर्माण गर्नेछ, रंगकर्मीलाई सक्रिय र संगठित बनाउन कार्यशालाले सघाउनेछ,’ परिवर्तनले थपे । गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन खोजेको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१