लेखनाथ । नेकपा एकीकृत समाजवादीले पोखरा २७ मा वडा कमिटी गठन गरेको छ । शनिबार आयोजित कार्यकर्ता भेलाले सुधीरमणि लामिछानेको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरेको हो । कमिटी उपाध्यक्ष अम्बिकाप्रसाद सुवेदी, सचिव गोविन्द लामिछाने, उपसचिव मीना रानाघाट र भीष्मजी अधिकारीछन् । सदस्यहरु किशोर तिमिल्सिना, लोकनाथ सापकोटा, शंकर भुजेल, सन्दीप सुनारलगायत छन्।
पार्टीका पोलिटब्युरो सदस्य एवं भूमिहीन आगोगका पूर्व केन्द्रीय अध्यक्ष शारदा सुवेदीले केपी ओलीको प्रतिगामी र दक्षिणपन्थी विचलनका कारण तत्कालीन नेकपा र एमाले विभाजित हुन पुगेको भन्दै माधव नेपालको नेतृत्वमा बृहत समाजवादी केन्द्र निर्माणको दिशामा अघि बढ्ने लक्ष्यसहित नेकपा एकीकृत समाजवादी पार्टी अगाडि बढेको बताइन्।
जिल्ला कमिटी कास्कीका उप–सचिव एवं युवा संघका केन्द्रीय उपाध्यक्ष पूर्ण लामाले लोकतन्त्र संविधानको रक्षाको निम्ति र स्वाभिमान बचाउन नेकपा (एस) लागेको बताए । लामाले देशको संविधान र पार्टीको विधानलाई लत्यायर अघि बढेको कामप्रति विरोध गर्दै इमान्दार भएर पार्टीलाई बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। जिल्ला कमिटी सदस्य एवं पोखरा २७ का सहइन्चार्ज शिवप्रसाद भण्डारीले पार्टीको विधान र पद्धतिलाई कुल्चेर अगाडि बढेकाले यो स्थिति आएको बताए।
कार्यक्रममा नेकपा समाजवादी पोखरा महानगर कमिटीका अध्यक्ष मुक्तिनाथ पौडेल, सचिवालय सदस्यहरु गणेश कार्की, एकानन्द बस्ताकोटी, पोखरा महानगर कमिटी सदस्य सुमन ढुंगाना, युवा पोखरा महानगर कमिटीका उपाध्यक्ष शालिक बराल, महानगर कमिटीका सदस्य नवराज देवकोटा, युवा संघ कास्कीका इन्चार्ज अशोक केसी, अखिल कास्कीका उपाध्यक्ष रवि तिमिल्सिना, नेपाली कांग्रेस वडा नं. २७ का उपसभापति विश्वराज पौडेल, माओवादी केन्द्रका वडा नं. २७ का सचिव निर्मल पौडेललगायतले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१