पोखरा । कान्तिपुर डेन्टलले असोज १ देखि कात्तिक ३० सम्म दसैंतिहार अफर ल्याएको छ । जसमा दाँत सफा गर्ने सेवा १ हजार छुट गरी ५ सय रुपैयाँमै लिन सकिनेछ । मुखको ठूलो एक्सरे (ओपिजी) १ सय ५० छुट गरी ८ सय ५० मा नै सेवा लिन सकिने छ भने तारबाँधेर मिलाउने (अर्थाेडेन्टिस्ट ट्रिटमेन्ट) मा नयाँ बिरामीलाई ५ हजार छुट दिइने सिइओ प्रतीकमान श्रेष्ठले बताए । यही सेवा छुटबाहेकको अवधिका ५० हजारबाट सुरु हुने उनको भनाइ यियो ।
कान्तिपुर इन्स्टिच्युटले दसैंतिहार अफरअन्तर्गत कम्बो प्याकमा नाम दर्ता, डाक्टर परामर्श, सुझाव, ट्रिटमेन्ट प्लानिङ, मुखको ठूलो एक्सरे, दाँत सफा गर्ने लगायत सेवा १ हजार २ सय छुट गरी १ हजार ६ सय ५० मै दिने भएको छ । असोजदेखि शनिबार पनि सेवा दिइरहेको श्रेष्ठले जानकारी दिए ।
कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेसले कलेज परिसरमा प्याथोलोजी ल्याब सञ्चालनमा ल्याएको छ । शुभारम्भ अवसरमा असोज १९ मा ५ सयभन्दा बढीको सुगर, युरिन, दन्त परीक्षण, डाक्टर परामर्शलगायत सेवा निशुल्क गरिएको उनले जानकारी दिए ।
कान्तिपुर इन्स्टिच्युट हेल्थ साइन्सेसमा सिटिइभिटीअन्तर्गत ४ विधामा शिक्षण गरिरहेको छ । सर्टिफिकेट इन डेन्टल साइन्स (डेन्टल हाइजिन एजुकेसन) र डिप्लोमा इन फार्मेसीतर्फ ४०/४० कोटा छन् । जसमध्ये ३/३ कोटा सिटिइभिटी स्कोलारसिप र १/१ मेरिट स्कोलारसिपको व्यवस्था गरिएको छ । पिसिएल इन डायग्नोस्टिक रेडियोग्राफी र सर्टिफिकेट इन मेडिकल ल्याब्रोरेटरी टेक्नोलोजीमा ३०/३० सिट रहेकोमा २/२ कोटा सिटिइभिटी स्कोलारसिप र १/१ कोटा मेरिट स्कोलारसिप रहेको श्रेष्ठले जानकारी दिए ।
लगानीअनुसार विद्यार्थी कोटा थप हुँदा शिक्षक विद्यार्थी अनुपात र सञ्चालन खर्च व्यवस्थापन सहज हुने श्रेष्ठको तर्क छ । सिटिइभिटीले स्वीकृति र अनुमति दिए थप विद्यार्थीलाई व्यवस्थापन गर्न सकिने उनी बताउँछन् । इन्स्टिच्युटमा एमडिएस डा. बेबिना श्रेष्ठ, क्लिनिक सुपरभाइजर डा. सिजन मरसानी, डा. रोजी श्रेष्ठ, डा. अपेक्षा नन्दले सेवा दिइरहेका छन् । यस्तै कन्सल्टेन्सनका लागि सर्जन डा. उज्वल कोइराला, डा.असल आचार्य र डा. दिलीप कुँवर रहेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१