पोखरा, १२ असोज । लेखनाथ उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई सुरताल इभेन्ट एन्ड मल्टीमिडिया प्रालिले स्वागत तथा बधाई ज्ञापन गरेको छ । संघको १३ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई स्वागत गरिएको कम्पनीका निर्देशक प्रशान्त सुनारले जानकारी दिए ।
सुरतालले संघका अध्यक्ष छत्रधर आत्रय, वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्वितीय उपाध्यक्ष गोपीचन्द्र बास्तोला, महासचिव उपेन्द्र राज सुवेदी ‘राजु’, उपमहासचिव जानुका अधिकारी, कोषाध्यक्ष भरतराज ओझा, सदस्यहरु विक्रम कर्माचार्य, बुद्धिप्रसाद बास्तोला, ध्रुवबावु भट्टराई, इन्दिरा रोक्का, जीवन तिवारी, पुण्यमणि भण्डारी, भरत थापा, हरि बास्ताकोटी, महिला सदस्य गंगाकुमारी मल्ल, रञ्जना बराल, मेघराज पौडेल, रामबहादुर गुरुङ, नेत्रपाणि बास्तोलालाई स्वागत तथा बधाई ज्ञापन गरेको हो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष आत्रयले समाजमा सांस्कृतिक उत्थानका लागि सुरतालले राम्रो काम गरिरहेको बताए । आत्रयले गण्डकी प्रदेश सांस्कृतिक सांगीतिक क्षेत्रको राजधानी भएकाले सोको संरक्षणमा मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गरे।
सुरतालका निर्देशक प्रशान्त सुनारले स्वागत गर्न पाउँदा खुसी लागेको बताए । लामो समयदेखि मेला महोत्सव लगायत अन्य सांगीतिक सांस्कृतिक कार्यक्रम गर्दै आएको सुरतालले कोभिडकालीन समयमै सुरताल क्याफे एण्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याएको बताए । सुरतालले देशका विभिन्न ठाउँमा मेलामहोत्सवको आयोजना गर्दै आएको छ । कोभिड महामारीकै समय सुरताल कम्पनीले पोखरा ३, नदीपुरमा क्याफे र रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१