जन्मदिनमा मिर्गौलापीडितलाई आर्थिक सहयोग

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७८
sahayog

लेखनाथ, १२ असोज । लायन्स क्लब अफ वेगनास तालनगरीका पूर्व अध्यक्ष एवं लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बि १ नेपालका कमिटी चियर पर्सन केशवराज तिवारीले मिर्गौला रोगीलाई आर्थिक सहयोग गरेका छन् ।

पोखरा ३१, पचभैया निवासी ३७ वर्षीय नीलबहादुर गुरुङलाई आफ्नो जन्मदिन अवसरमा उनले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् । उनले आफ्नो जन्मदिन सामाजिक तथा मानवीय सेवामा समर्पित गर्दै आएका छन् ।

क्लब अध्यक्ष प्रभा भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष ऋषिराम रानाभाटले क्लबले विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यहरु गर्दै आएको बताए । उनले तिवारीलाई जन्मदिनको शुभकामना दिंदै मिर्गौलापीडित गुरुङको स्वास्थ्य लाभको कामना गरेका थिए । कार्यक्रम सञ्चालन क्लब सचिव विनोद त्रिपाठीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width