लेकसाइड डोजाङद्वारा प्रमाणपत्र प्रदान

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७८
bijay nepal in lakeside dojang

खेलकुद पत्रकार मञ्च गण्डकी महासचिव विजय नेपाल तेक्वान्दो खेलाडी हिना सुनारलाई प्रमाणपत्र हस्तान्तरण गर्दै।

पोखरा, ९ असोज । लेकसाइड डोजाङले आफ्ना प्रशिक्षार्थी हिना सुनारलाई पुम/डान सर्टिफिकेट प्रदान गरेको छ ।

पोखरामा शनिबार आयोजित समारोहमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी महासचिव विजय नेपालले कोरियाबाट प्राप्त सो सर्टिफिकेट उनलाई हस्तान्तरण गरे । यस्तै, कास्की जिल्ला तेक्वान्दो संघ अध्यक्ष कुमार गुरुङले नेपाल तेक्वान्दो संघबाट प्राप्त सर्टिफिकेट हस्तान्तरण गरे । लेकसाइडकी १४ वर्षीया सुनार मदरल्याण्डमा कक्षा ९ पढ्छिन् । ब्ल्याक बेल्ट उनी तेक्वान्दोमै करियर बनाउने लक्ष्य राखेको बताउँछिन् ।

आत्मरक्षाका लागि लामो समयदेखि निःशुल्क प्रशिक्षण दिँदै आएको लेकसाइड डोजाङले हाल ४५ जना बालबालिकालाई बसुन्धरा पार्कमा दैनिक प्रशिक्षण दिँदै आएको छ । संस्थाका अध्यक्ष प्रितम कुँवरले १२ वर्षदेखि यसखालको प्रशिक्षण दिँदै आएको बताए । संस्थाले सो अवसरमा दसैं अवसरमा शुभकामना आदानप्रदानसमेत गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width