पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रिय फुटसल लिग उद्घाटन संघारमा छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा असोज २ देखि २२ सम्म हुने लिगमा देशभरबाट १० टिमले सहभागिता जनाउँदै छन् । प्रतिस्पर्धामा घरेलुटोली सविन मेमोरियल क्लब र स्पोर्टस् क्यासल छन् । दुवै टिम करिब २ महिनाको अभ्यासपछि उपाधि जित्ने लक्ष्यमा छन् ।
स्पोर्टस् क्यासलले बिहीबार पत्रकार सम्मेलन गरी बन्द प्रशिक्षणमा रहेका २२ मध्ये १७ खेलाडी छनोट भएको जानकारी गरायो । पोखरामा फुटसलको माग बढिरहेको समयमा ३ वर्षअघि सञ्चालनमा आएको क्यासलको सञ्चालक पूर्व राष्ट्रिय खेलाडी चन्द्र गुरुङ हुन् । लिगमा खेल्ने फुटसल टिम भने स्पोर्टस् क्यासल र राजन एन्ड ब्रदर्शले तयार गरेको हो । टिम व्यवस्थापकमा ओम गुरुङ छन् । प्रशिक्षकको जिम्मा विष्णु गुरुङलाई दिइएको छ । गुरुङसँग राष्ट्रिय फुटसल टिमको प्रशिक्षण अनुभव छ । सहायक प्रशिक्षकमा अरविन गुरुङ, फिजियोमा नीतेश बराल छन् ।
टिममा राष्ट्रिय फुटसल खेलिसकेका ३ खेलाडी छन् । राष्ट्रिय फुटसल टिमको क्याप्टेन विजय गुरुङ, विनोद गुरुङ र सुरज गुरुङ क्यासलको टिममा छ । ३ खेलाडी काठमाडौंबाट आएका छन् भने बाँकी स्थानीयलाई नै क्लबले प्राथमिकता दिएको छ ।
क्लब व्यवस्थापक ओम गुरुङ अनुभवी खेलाडी र कडा मिहिनत नै आफ्नो टिमको सबल पक्ष रहेको सुनाउँछन् । अभ्यासमा खेलाडी घाइते हुँदा केही समस्या परे पनि अरु खेलाडीको मिहिनत र उत्साहले ऊर्जा थपिएको उनको भनाइ छ । घरेलु दर्शकको साथ पनि आफूहरुको लागि अझ महत्वपूर्ण हुने उनले बताए । राष्ट्रियका खेलाडी बाहेक दीपेश घले, उज्ज्वल शाही, सुमित श्रेष्ठ, विश्वास पौडेल, सुदीप सुनार, खिमराज गुरुङ, अञ्जन देवकोटा, भीषण गुरुङ, रोशन छन्त्याल, योगेश गुरुङ, किशोर गुरुङ, फोनस कार्की र अनिश तामाङले क्यासलबाट खेल्ने छन् ।
१० टिमको सहभागिता हुने प्रतियोगितामा घरेलु टिम सविन मेमोरियल क्लब र स्पोर्टस् क्यासल हुन्
पोखराबाटै लिगमा भाग लिएको टिम सविन मेमोरियल तयारी राम्रो भएकाले आफूहरुको लक्ष्य उत्कृष्ट ४ रहेको बताउँछ । क्लब सञ्चालक सञ्जय लिगल अध्यक्ष तथा टिम व्यवस्थापक छन् । प्रशिक्षक राजेन्द्र तामाङ हुन् । पूर्व राष्ट्रिय फुटबलर तामाङसँग एपिएफ क्लब सम्हालेको अनुभव छ । उनी प्रशिक्षक रहेको टिम गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उपविजेता भएर ‘ए’ डिभिजनको मान्यता पायो । उनले टिमको पहिलो लक्ष्य उत्कृष्ट ४ रहेको जानकारी दिए । त्यसपछि मात्र उपाधिमा ध्यान दिने उनी बताउँछन् । फुटसलको अन्तर्राष्ट्रिय नियममा खेल्न लागेकाले प्रशिक्षणका दौरान केही अप्ठेरो भए पनि अहिले अन्तिममा सबै उत्साहित रहेको उनको भनाइ थियो । आक्रामक र रक्षात्मक दुवै रणनीति अपनाएर खेल्ने उनले बताए ।
सविन मेमोरियलमा नेपालबाट फुटसलमा अन्तर्राष्ट्रिय खेल खेलेका अनुप रानामगर छन् । उनैले टिमको कप्तानी गर्नेछन् । बाँकी खेलाडी पोखरेली नै हुन् । पोखराकै खेलाडीलाई प्राथमिकता दिएको प्रशिक्षक तामाङ बताउँछन् । टिममा वरदान ताङ्वे लामा, मनोज गुरुङ, सरोज गुरुङ, अविनाश तामाङ, समिर प्रधान, विमान प्रधान, विनम गुरुङ, रोहित नेपाली, सुनील बिक, सुनील नेपाली, रोमन थापा, सञ्जय जलारी, एलन गुरुङ, मनीष सेढाईंले लिग खेल्नेछन् ।
गण्डकी प्रदेशका २ सहित प्रदेश १ बाट फुटसल फाइभ धरान र दि राइजिङ क्लब धरान, बागमती प्रदेशबाट ढुकु फुटसल हब प्रालि, शंखमुल फुटसल प्रालि, प्रभातफेरि युथ क्लब र स्काइ गोल्स फुटसल काठमाडौं छनोट भएका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट लुम्बिनी फुटसल प्रालि र झरना स्पोर्ट्स क्लब रुपन्देही खेल्ने छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१