पोखरा । गण्डकी प्रदेशमा ३ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशमा १ हजार ३८ जनाको नमुना परीक्षणमा २९.१९ प्रतिशतमा कोरोना देखिएको हो । सबैभन्दा बढी कास्कीमा १ सय १० संक्रमित थपिएका छन् । जिल्लामा योसँगै सक्रिय संक्रमित संख्या २ हजार १ सय ८६ पुगेको छ ।
यस्तै, मनाङ र मुस्ताङमा शून्य संक्रमित हुँदा लमजुङमा ४, पर्वत र म्याग्दीमा ७/७ जनामा संक्रमण देखियो । गोरखा ४८, नवलपुर ३७, स्याङ्जा ३६, तनहुँ ३५ र बागलुङका १९ जनामा पोजेटिभ देखिएको छ । प्रदेशमा थप संक्रमितमध्ये १ सय ५३ महिला र १ सय ५० पुरुष छन् । योसँगै प्रदेशमा कोरोनाको संक्रिय संक्रमित ५ हजार ६ सय ४ पुगेका छन् ।
यस्तै, देशभर पछिल्लो २४ घन्टामा २ हजार ७९ मा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ३० पिसिआर परीक्षणमा शुक्रबार थप २ हजार ७९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा थप २ हजार २ सय ४४ संक्रमणमुक्त भए । हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५ सय ४३ छ ।
गण्डकीमा थप ५ जना संक्रमितको मृत्यु भयो । तीमध्ये कास्की र नवलपुरमा २/२ सहित पर्वतमा १ जना छन् । पोखरा १७ का ८१ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै, पोखरा ८ का ६३ वर्षीय पुरूषको मेडिप्लस अस्पतालमा, नवलपुरको गैंडाकोट ५ का ७६ वर्षीय पुरूष र देवचुली ११ का ३६ वर्षीय पुरूषको भरतपुर अस्पतालमा तथा पर्वत मोदी ८ की ७३ वर्षीया महिलाको संक्रामक तथा सरूवा रोग अस्पताल, पोखरामा उपचारक्रममा मृत्यु भएको छ ।
योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय २६ पुगेको छ । नेपालमा भने शुक्रबार थप २६ को मृत्युसँगै हालसम्म ज्यान गुमाउने १० हजार ४ सय ५५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
hero news full width
मुख्य समाचार
चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
वैशाख ३०, २०८१७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
वैशाख २९, २०८१‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
वैशाख २९, २०८१२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
वैशाख २९, २०८१पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै
वैशाख २९, २०८१