पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले स्टार्ट अप हबका लागि गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने प्रस्ताव गरेको छ । मञ्च अध्यक्ष सुनिलबहादुर भट्टराईले सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापालाई भेटेर स्टार्ट अप हबका लागि सहकार्य गर्ने प्रस्ताव गरेका हुन् ।
सरकारले पोखरा १८, सहिदपार्क नजिकै निर्माण गर्न लागेको ‘सूचना तथा प्रविधि पार्क’ (आइटी पार्क) भित्र स्टार्ट अप हब निर्माणका लागि सहकार्य गर्न आफूहरु तयार रहेको भन्दै मन्त्री थापालाई ज्ञापनपत्र बुझाएको भट्टराईले जानकारी दिए ।
नयाँ योजना लिएर कोही उद्योग सञ्चालन गर्न आएमा उसलाई काउन्सिलिङ दिनेदेखि योजना कार्यान्वयन गर्नेसम्म सघाउने, सफल उद्योगीसँग अन्तक्रिया गराएर थप प्रेरित गर्ने, लगानी नभएकालाई लगानीकर्ता भेटाइदिने लगायत काम स्टार्ट अप हबमा गरिने अध्यक्ष भट्टराईले बताए ।
सो अवसरमा मन्त्री थापाले प्रस्ताव सकारात्मक रहेकाले सरकार सहकार्यका लागि तयार रहेको आश्वासन दिए ।
Related News
सम्बन्धित समाचार
विद्युतीय सवारीसाधनमा आकर्षण
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
साइबर अपराधविरुद्ध सचेतना
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
साइबर सुरक्षासम्बन्धी कार्यशाला
hero news full width
मुख्य समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१