पहिरोले गुर्जा खोला थुनियो

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७८
gurja khola

म्याग्दी । म्याग्दी नदीको सहायक खोला गुर्जा खोला थुनिएको छ । जिल्लाको धवलागिरि गाउँपालिका १, गुर्जास्थित खास्काको डाँडाबाट खसेको पहिरोले ठूलो गल्छीमा गुर्जा खोला थुनिएको र ठूलो ताल बनेको खेतबारी र गोठको काममा गएर फर्किएका स्थानीयले जानकारी गराएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिए ।
गुर्जा र चुरेन हिमालको फेदीबाट बग्ने गुर्जा खोला मुदीमा आएर म्याग्दी नदीमा मिसिएको छ । ‘माथि खास्काको डाँडाबाट खसेको पहिरोले ठूलो गल्छीमा खोला थुनिएको र ठूलो तलाउ बनेको खेतबारीको काममा गएका स्थानीयले खबर गरेका छन्, एकैपटक तलाउ फुटेमा तटीय क्षेत्रमा जोखिम हुनसक्छ भनेर सुरक्षा निकायलाई जानकारी गराइएको छ’, वडा अध्यक्ष छन्त्यालले भने । नदी थुनिएको स्थानमा गुर्जाबाट पुग्न २ घन्टा बढी समय लाग्छ ।
यता जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले खोला थुनिएको खबर आएको र थप सूचना लिने प्रयास भइरहेको जानकारी दिए । उनले तटीय क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै