तिब्बतीयन शरणार्थी क्याम्पमा रक्तदान

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७८
Blood donation

पोखरा । पोखराको पृथ्वीचोकस्थित तिब्बतीयन शरणार्थी क्याम्प व्यापारिक एसोसिएसनको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३६ युनिट रगत संकलन भयो ।
सो अवसरमा संस्थातर्फबाट अशक्त तथा असहाय व्यक्तिका लागि लक्षित गरी ब्लड व्यागमा लाग्ने परीक्षण शुल्क निशुल्क उपलब्ध गराउन सहयोग पुगोस् भनी २१ हजार नेपाल रेडक्रस सोसाइटीलाई हन्तान्तरण गरिएको थियो ।
कार्यक्रममा क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले व्यापारिक एसोसिएसनले प्रत्येक वर्ष रक्तदान कार्यक्रमलाई महत्व दिएको कार्यको प्रशंसा गरे । उनले अशक्त र असहायका लागि ब्लड व्याग र परीक्षण शुल्क निशुल्क उपलब्ध गराउने उद्देश्यका लागि रकम हस्तान्तरण गरेको कार्यले संस्थालाई पनि यो उदारणीय कार्य बन्ने विश्वास व्यक्त गरे ।
यस्तै, आकस्मिक रक्तदान युनिट पोखराका उप–व्यवस्थापक नेत्र ढकाल, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष विपीन अधिकारी, नेवाः खल कचा पृथ्वीचोकका अध्यक्ष केदारप्रसाद श्रेष्ठ, मिसा पुचः पृथ्वीचोकका अध्यक्ष प्रमिला जिसी सल्लाहकार मिलालाल श्रेष्ठ लगायतले बोलेका थिए ।
व्यापारिक एसोसिएएन अध्यक्ष रेशमबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हेमराज बराल, सञ्चालन सचिव कमला पोखरेल र धन्यवाद ज्ञापन सल्लाहकार सुरेन्द्रप्रसाद श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width