पोखरा । पोखरा विश्वविद्यायले शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । २१ औं साधारण सभाले शिक्षण अस्पताल सञ्चालन गर्ने नीतिगत निर्णय गरेसँगै अस्पतालको काम अगाडि बढ्ने भएको हो ।
सभाले पारित गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा शिक्षण अस्पताल र निर्माणका कामलाई प्राथमिकतामा राखिएको रजिस्टार डा. दीपकबहादुर भण्डारीले जानकारी दिए । जसमा शिक्षण अस्पतालका लागि २१ करोड बजेट छुट्याएको छ । विश्वविद्यालयमा अहिले पनि ब्याचलरमा ५ र मास्टरमा २ वटा कार्यक्रम रहेको उनले जानकारी दिए । जसका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्दै आएको थियो । अबको ६ महिनामै शिक्षण अस्पताल सुरु गर्ने लक्ष्य लिएको उपकुलपति प्राडा प्रेमनारायण अर्यालले बताए । ‘केही महिनामा टहराबाट भए पनि सुरु गर्छौ,’ उनले भने, ‘यो बीचमा कुनै भवन खाली बनाउने योजना पनि बनाएका छौं ।’ अस्पताल सञ्चालन भएपछि नर्सिङ, चिकित्सा र विज्ञानसँग सम्बन्धित प्यारामेडिकल कोर्षहरु चलाउन सहज हुने अर्यालको भनाइ थियो ।
विश्वविद्यालयले विज्ञान तथा प्रविधि, व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र कार्यक्रमलाई पोखरा ३० मुँसेटुँडामा रहेको २ सय ४१ रोपनी जग्गामा स्थानान्तरण गर्ने योजना बनाएको छ । सभाले विश्वविद्यालयमा पार्किङ, चमेना गृह र महिला छात्राबास माथि १ तला थप्ने निर्णय पनि गरेको छ । उद्यमशीलता विकासका कार्यक्रममा जोड दिने गरी अगाडि बढ्ने रजिस्टार भण्डारीले जानकारी दिए । एमफिल र पिएचडीका कार्यक्रम अनुसन्धानका लागि बजेट पनि छुट्याएको छ । स्थानीय सरकारसँग आंगिक क्याम्पसका लागि सहकार्य गर्दै अगाडि बढ्ने निर्णय पनि सभाले गरेको छ । विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन गर्दै मागमा आधारित कार्यक्रमलाई जोड दिने भएको छ । शिक्षक, प्राध्यापक र विद्यार्थीका हितका लागि कार्यक्रम गर्दै जाने भण्डारीको भनाइ छ ।
सभाले २ वर्षका बजेट एकैपटक पारित गरेको भण्डारीले जानकारी दिए । अघिल्लो वर्ष विविध कारणले बजेट पास गर्न नसकिएको कारण यो वर्ष बजेट ल्याएको उनले बताए । आर्थिक वर्ष २०७७/७८ को बजेटमा पुँजीगत बजेटतर्फ ४ करोड ८२ लाख ६२ हजार र साधारण खर्चतर्फ ५३ करोड ४५ हजार गरी कूल ५७ करोड ८३ लाख ७ हजार बजेट छुट्याएको छ । त्यसैगरी यो वर्षका लागि १ अर्ब १९ करोड १० लाख बजेट पारित गरेको छ । जसमा पुँजीगततर्फ ४० करोड २१ लाख २५ हजार र साधारणतर्फ ७८ करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१