पोखरा । पर्वतका ऋषिराम पौडेललाई आफ्ना छोरालाई पढाउन कम्ता सकस भएन । न छोरो बोल्ने, न त आफूले बोलेको छोराले नै बुझ्ने । यही समस्याले आजित थिए उनी । सँगै जन्मेका दाइका छोरा बोल्न थालिसक्दा पनि उनको छोराले हाउभाउसमेत देखाएनन् । त्यसपछि जाँच गर्न काठमाडौं टिचिङ अस्पताल पु¥याउँदा छोरो बहिरा भएको थाहा पाए ।
कसरी छोरो बहिरा भयो भन्नेसमेत उनलाई भेउ भएन । निराश हुँदै उनी पर्वत फर्किए । बहिरा अपांगता भएका छोराले कान नसुनेपछि भाषाको ज्ञान नभएकै कारण उनलाइै निकै समस्या पर्यो । ‘काम नसुनेपछि हाम्रो भाषाको ज्ञान उनीहरुलाई हुने कुरा भएन,’ उनले भने, ‘दैनिक प्रयोग हुने भोक लाग्यो, खाना खान्छु जस्ता सामान्य कुरा पनि भन्न सकेन ।’ परिवारलाई त गाह्रो भएकै थियो तर छोरालाई पनि अरु बच्चाहरुसँग घुलमिल हुन गाह्रो । समाजले छोरालाई नबुझ्ने, छोराले समाज नबुझ्ने समस्याकै बीच छोरा ४ वर्षको हुँदा उनी पोखरा झरे ।
पोखरा आएर छोरालाई सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा भर्ना गरिदिए । आफन्तमा बहिरा अपांगता भएकै कारण पहिलाबाट नै उनको बहिरा अपांगता संघ संस्थासँग हिमचिम थियो । त्यही कारण पनि छोरासँगै उनी स्वयं पनि सोही विद्यालयमा संलग्न भए । कक्षा एकमा भर्ना भएका मञ्जिल पौडेललाई पढाउन उनलाई निकै समस्या भयो । हल्काफुल्का सांकेतिक भाषाको ज्ञान भए पनि छोरोलाई पढाउन पर्याप्त थिएन् । छोराको हरेक पाइला पाइलामा आइपर्ने कठिनाइलाई पार गर्दै उनले छोरा पढाएका थिए ।
आमाले मञ्जिलको हाउभाउ बुझेको भरमा उनी केही सहज भएको थियो । कक्षा १ मा भर्ना भएपछि मञ्जिलले केही सांकेतिक भाषा सिके । ऋषिरामले पनि अभिभावकलाई दिने तालिममा सहभागी भएपछि सिके । उनीहरुको दैनिकी केही सहज भयो । मञ्जिल अहिले १५ वर्ष पूरा भए, कक्षा ९ मा पढ्दै छन् भने ऋषिराम त्यही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् ।
छोरा हुर्काउँदा र पढाउँदा पाएको दुख बहिरा अपांगता भएका अभिभावकले नपाऊन् भन्ने अभियानमा छन् ऋषिराम । विद्यालयमा अहिले कक्षा १ देखि १२ सम्म पढ्ने मञ्जिलजस्तै २ सय ६० जना छन् । उनीहरुलाई पढाउने शिक्षक पनि श्रवण अपांगता भएकाहरु नै छन् । ऋषिरामले पनि विद्यालयमा पर्ने समस्या सांकेतिक भाषाबाट नै हल गर्ने गरेका छन् । सांकेतिक भाषा तालिम लिएकै कारण आफूले सहजै काम गर्न सक्ने भए पनि धेरै अभिभावकले त्यसो गर्न नसक्ने उनी बताउँछन् । अभिभावक र बहिरा छोरा छोरीबीचको भाषा नबुझ्ने कारण बोझ ठान्ने गरेको पनि उनले सुनाए ।
श्रवण अपांगता भएका बालबालिका र अभिभावकलाई सहज गराउनका लागि उनको पहलमा डिजिटल सांकेतिक पाठ्यसामग्री तयार गरिएको छ । गण्डकी प्रदेशको आर्थिक सहयोग, शिक्षा तालिम केन्द्र तनहुँको संयोजन तथा सिर्जना बहिरा आवासीय मावि पोखराको समन्वयमा निर्माण गरिएको सामग्रीको मंगलबारबाट प्रयोगमा ल्याइने भएको छ । पौडेलले बहिरा बालबालिकाका लागि नेपालमै पहिलो पटक आफूहरुले डिजिटल सामग्री निर्माण गरी बालबालिकाहरुको पठनपाठनमा नयाँ प्रयोगको चरणमा रहेको पनि बताए । यसले अभिभावकमा थोरै भए पनि श्रवण अपांगता भएका छोराछोरीमा हेर्ने नजर परिवर्तन हुने उनको विश्वास छ । साथै अध्ययनअध्यापनमा पनि सहज हुने उनको भनाइ छ ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काको उपस्थितिमा मंगलबार शिक्षा तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटलाई हस्तान्तरण गरिएको हो । प्रदेश सरकारको १० लाख लागतमा सिर्जना बहिरा विद्यालयले बहिरा विद्यार्थीहरुका लागि कक्षा १ को सबै विषयहरु (मेरो नेपाली, गणित, अंग्रेजी र हाम्रो सेरोफेरो) विषयलाई डिजिटलाइज्ड अर्थात प्रविधिमैत्री बनाइएको छ । यसले शिक्षामा प्रविधिको प्रयोगलाई थप प्रोत्साहन गर्ने र शिक्षक, विद्यार्थी तथा अभिभावकलाई समेत शिक्षण सिकाइमा प्रत्यक्ष लाभ मिल्ने विश्वास गरिएको छ ।
कार्यक्रममा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काले सांकेतिक भाषाको संरक्षण, विकास र प्रवद्र्धनमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । संविधानमा मौलिक हकको रुपमा सांकेतिक भाषामार्फत कानुनबमोजिम निशुल्क शिक्षाको व्यवस्था गरिएको जनाउँदै उनले यसतर्फ आफ्नो अधिकार उपभोग गर्ने सवालमा थप चनाखो बन्न पनि सुझाए । यस्ता प्रकारका कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । कार्यक्रममा मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले श्रवण अपांगता भएका बहिरा बालबालिकाको सिकाइका खातिर गतिलो सुरुआत भएको बताए । यसको उपयोगमार्फत् बालबालिकाको शिक्षामा महत्वपूर्ण उपलब्धिको अपेक्षा गर्न सकिने उनले बताए ।
शिक्षा तालिम केन्द्र तनहुँका प्रमुख नेपालहरि रानाभाटले देशभरिका बहिरा विद्यार्थीका लागि सांकेतिक डिजिटल सामग्रीको तयार गरी गण्डकी प्रदेशबाट राम्रो सुरुआत गरिएको बताए । उनका अनुसार अटिजम प्रभावित बालकालिकाका लागि सिकाइ सामग्री तयार गर्न साढे १५ लाख, दृष्टिविहीन बालबालिकाका लागि सिकाइ सामग्री तयार गर्न अमरसिंह माविलाई ३३ लाख र बहिरा बालबालिकाका लागि सिर्जना बहिरा विद्यालयलाई १० लाख प्रदान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१