स्वास्थ्य सामग्री सहयोग

आदर्श समाज सम्वाददाता
असार १९, २०७८
RPP

स्याङ्जा  । राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्य मदनबहादुर कार्की र राप्रपा युवा संगठन केन्द्रीय सचिव हिक्मतजंग कार्कीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
कोरोना भाइरस संक्रमण न्युनीकरण गर्ने उद्देश्यले उनीहरुले स्वास्थ्य संस्था, पत्रकार र स्वास्थ्य स्वयंसेवीलाई झन्डै २ लाख ३० हजार मूल्य बराबरको सामाग्री उपलब्ध गराएका हुन्। पुतलीबजार ५ स्थित पौवेगौडे स्वास्थ्य चौकीलाई लक्षित गर्दै ५ लि. अक्सिजन कन्सन्ट्रेटर, २ सय १० लि. सेनिटाइजर, २ अक्सिमिटर र ५ हजार मास्क प्रदान गरिएको हो । उनीहरुले सो सामग्री नगरप्रमुख सीमा क्षेत्रीलाई ती सामग्री हस्तान्तरण गरेका छन् ।
सदस्य मदनबहादुर कार्कीले अक्सिजन अभावमा कसैको पनि मृत्यु नहोस् भन्ने उद्देश्यले सहयोग गरेको जनाए।
कार्यक्रममा नगरप्रमुख क्षेत्री, वडाध्यक्ष रामचन्द्र रेग्मी, वडा सचिव सन्तोष राना लगायतले सहयोगदातालाई अत्यावश्यक सामग्री उपलब्ध गराएर सत्कर्म गरेकोमा धन्यवाद व्यक्त गरे।
यसैगरी, उनीहरुले पत्रकार महासंघ स्याङ्जालाई ४० सेनिटाइजर र २ हजार थान मास्क र वडाभित्रका ९ जना स्वास्थ्य स्वयंसेवीलाई जनही ३ सय मास्क र ५ लि. सेनीटाइजर पनि हस्तान्तरण गरेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै