बाढीपहिरामा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने   

आदर्श समाज सम्वाददाता
असार १६, २०७८
Congress Flag

काठमाडौं । नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरामा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट रु २५ हजार सहयोग गर्ने जानकारी दिएको हो ।

समन्वय समितिका संयोजक एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विसं २०७८ को शुरुदेखि बाढी र पहिराका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई थोरै भए पनि मानवीय सहयोगको हिसाबले उक्त रकम सहयोग गर्न लागेको जानकारी दिनुभयो । मृतकका परिवारले उक्त राहत रकम प्राप्त गर्न मृतकको सनाखत सम्बन्धित निकायबाट हुनुपर्ने सो समितिले जनाएको छ । यही असार २ गतेको बाढीपहिराका कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको थियो ।

यसैबीच हेलम्बु–मेलम्ची बाढीपहिराबाट ज्यान गुमाएका मृतकका परिवार, घरवारविहीन नागरिक र मेलम्ची नगरपालिकाको विपद् कोषमा जापानमा रहेका नेपालीले र दुई लाख ५५ हजार सहयोग गरेका छन् । इन्द्रावती गाउँपालिका स्थायी घर भई अध्ययनका क्रममा जापानमा रहेका विनोद तामाङको नेतृत्वमा ४४ नेपालीबाट सङ्कलित राहत रकम हस्तान्तरण गरिएको छ ।

हेलम्बु गाउँपालिका चनौटे रातोपुलमा भेला भएका मृतक परिवारका नौ जनालाई जनही रु १० हजार, पूर्णरूपमा घरवारविहीन भएका १० परिवारलाई जनही रु सात हजार, पाँच घरपरिवारलाई जनही पाँच हजार तथा पूर्णरूपमा क्षति भएको ग्याल्थुमस्थित इष्ट प्वाइण्ट एकेडेमीलाई रु १५ हजार गरी हेलम्बु गाउँपालिकामा रु दुई लाख र मेलम्ची नगरपालिकाको विपद् कोषमा रु ५५ हजार नगद हस्तान्तरण गरिएको हो ।

उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसे, पत्रकार महासङ्घ सिन्धुपाल्चोकका सहसचिव केदार माझी, विद्यार्थी नेता तोकबहादुर तामाङ, क्षितिज तामाङलगायतको उपस्थिति र स्थानीय समाजसेवी लेकाली काका र विश्वराम गुरागाईँको रोहवरमा समाजसेवी आइमान तामाङले सङ्कलित रकम हस्तान्तरण गर्नुभएको हो ।    रासस

Related News

सम्बन्धित समाचार

  • अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । पोखरामा खानेपानी सुधार आयोजनाको काम करिबकरिब अन्तिम चरणमा पुगेको संस्थानले जनाएको छ । पानी परीक्षणको क्रममा रहँदा पनि…
  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • ३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर   

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    गोरखा ।  नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो ।…
  • मस्र्याङ्दी जलासयमा मोटरबोट

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    दमौली । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आयतबारबाट जलविद्युत् केन्द्रको जलासयमा…

hero news full width