पोखरा । गण्डकी प्रदेश संक्रमण तथा सरुवा रोग अस्पतालसहित गाउँपालिकाका अस्थायी कोरोना अस्पताललाई कोभिड र्यापिड रेस्पोन्स स्वास्थ्य तथा सुरक्षा उपकरण सहयोग गरिएको छ । गुड नेबर्स इन्टरनेश्नलको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपाल एवं गैसस महासंघ कास्कीको समन्वयमा ती सामग्री प्रदान गरिएको हो ।
प्रदेश संक्रमण तथा सरुवा रोग अस्पताललाई ३ लाख २३ हजार, मादी गाउँपालिकालाई २ लाख १९ हजार, अन्नपूर्णलाई १ लाख ८३ हजार र माछापुच्छ्रे गाउँपालिकालाई १ लाख ८३ हजार गरी कुल ९ लाख रुपैयाँ बराबरको स्वास्थ्य तथा सुरक्षा उपकरण सहयोग भएको हो । जसमा अक्सिजन फ्लो मिटर ५० थान , अक्सिजन मास्क १ सय १० थान, भेन्चुरी फेस मास्क ७० थान, रेजर्वभोयर ब्यग मास्क १ सय १० थान, पिपिई सेट २ सय थान, भिटिएम स्वाब कलेक्सन किट १ हजार १ सय थान, एन्टिजेन किट ८ सय थान, पल्स अक्सिमिटर ६० थान सामग्री प्रदान गरिएको जनाइएको छ ।
प्रदेश संक्रमण तथा सरुवा रोग अस्पतालमा गुड नेबर्स इन्टरनेश्नलका स्पोनसरसीप अफिसर भीम तामाङ, नौलो घुम्ती नेपालका अध्यक्ष योगराज पौडेल, गैसस महासंघ कास्कीका अध्यक्ष पदमराज पहारी र कास्की जिल्ला कोभिड र्यापिड रेस्पोन्स टिमका संयोजक डा. बुद्विबहादुर थापाद्वारा संयुक्त रुपमा प्रदेश संक्रमण तथा सरुवा रोग अस्पतालका निर्देशक डा. विकास गौचनलाई हस्तान्तरण गरियो ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पोखरामा १४ मजदुर सम्मानित
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१