स्याङ्जा । ब्रेन ट्युमर भई उपचारका क्रममा ज्यान गुमाएकी नौ वर्षीया बालिका रिहाना पुनको उपचारका लागि संकलन भएको रकम ५ लाख ६९ हजार ३ सय ७० रुपैयाँ बुधबार बालिका रिहानाका बाबु आमालाई हस्तान्तरण गरिएको छ ।
बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११, रिघा, मनेवा निवासी अमरबहादुर पुन र छमकली पुनको छोरी नौ वर्षीया बालिका रिहानाको उपचारका लागि गोर्खा स्मारक ट्रष्ट, नेपालले बेलायतमा २ लाख ६९ हजार ३ सय ७० रुपैयाँ संकलन गरेको थियो । त्यस्तै, देश तथा विदेशका शुभेच्छुकहरूबाट संकलित रकममध्ये खर्च कटाएर बचेको ३ लाख रुपैयाँ गरी ५ लाख ६९ हजार ३ सय ७० रुपैयाँ रकम मृतक बालिकाका बुबा आमालाई हस्तान्तरण गरिएको हो ।
गोर्खा स्मारक ट्रस्ट, नेपालका कार्यवाहक अध्यक्ष आनबहादुर गुरुङ, सहसचिव जंगबहादुर गुरुङ र गोर्खा स्मारक ट्रस्ट, बेलायतका कोषाध्यक्ष तिलबहादुर गुरुङले ट्रस्टको पहलमा संकलित रकम हस्तान्तरण गरे । अन्य देश तथा विदेशका नेपालीहरूबाट संकलित रकम ३ लाख रुपैयाँ अभियन्ता कृष्ण काउचाले हस्तान्तरण गरेका थिए ।
ब्रेन ट्युमर भएपछि पोखराको फेवासिटी अस्पतालमा उपचार गराइरहेकी बालिका रिहानाको थप उपचारका लागि लेकसिटी अस्पतालमा सारिएको थियो । आर्थिक रुपमा कमजोर पारिवारिक पृष्ठभूमि भएका बालिका रिहानाको उपचारका लागि देश तथा विदेशबाट सहयोग संकलन सुरु गरिएपनि उनलाई बचाउन नसकिएको अभियान संयोजक निर्मला घर्ती पुनले जानकारी दिए अभियन्ता कृष्ण काउचा, निर्मला घर्ती पुन र सृष्टि पुनलगायतको पहलमा सुरु गरिएको अभियानमा रिहानाको उपचारका लागि विभिन्न संघसंस्था र व्यक्तिहरूले सहयोग गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
चट्याङ लागेर एकजनाकोे मृत्यु
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१