योग दिवसमा ब्रह्मकुमारीजको त्रिदिवसीय कार्यक्रम

आदर्श समाज सम्वाददाता
असार ९, २०७८
yog day

पोखरा । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, पोखराले सातौं अन्तर्राष्ट्रिय योग दिवस अवसरमा भर्चुअलमार्फत त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ ।
असार ५ देखि ७ गतेसम्म भएको कार्यक्रमको प्रथम दिन ‘समृद्ध जीवनका लागि राजयोग मेडिटेसन’ विषयक प्रशिक्षण भएको थियो । प्रशिक्षणमा राजयोग प्रशिक्षकद्वय ब्रह्मकुमारी सुधा र ब्रह्मकुमारी इन्दिराले प्रशिक्षण दिएका थिए । यस्तै, ब्रह्मकुमारीज नेपालका सहनिर्देशक राजयोगिनी कमलाले राजयोगको महत्वको विषयमा मन्तव्य दिएकी थिइन् । करिब ४ सय जनाको सहभागिता रहेको कार्यक्रममा राजयोगको विधि एवं व्यवहारिक जीवनमा त्यसको प्रयोगको विषयमा प्रशिक्षण गराइएको थियो ।
दोस्रो दिन संस्थाका आन्तरिक सदस्यका लागि ‘राजयोगद्वारा देवत्वतर्फको यात्रा’ विषयक प्रवचन भयो । कार्यक्रममा संस्थाको पश्चिम नेपाल तथा बनारस, भारतका वरिष्ठ निर्देशक राजयोगिनी सुरेन्द्र दिदी, मुख्यालय माउन्ट आबुका वरिष्ठ राजयोग प्रशिक्षक एवं ब्रह्मकुमारीज युवा प्रभागका मुख्यालय संयोजक राजयोगी ब्रह्मकुमार आत्मप्रकाश र ब्रह्मकुमारीज, नेपालकी उपनिर्देशक राजयोगिनी दुर्गाले प्रवचन दिइन् ।
अन्तिम दिन वर्तमान अवस्थामा योगको भूमिका विषयक परिचर्चा भयो । ब्रह्मकुमारीज, नेपालका निर्देशक राजयोगिनी परनीता, महासचिव राजयोगी ब्रह्मकुमार शैलेषराज बराल, राजयोग प्रशिक्षकद्वय ब्रह्मकुमारी अप्सरा र ब्रह्मकुमारी विष्णुले मन्तव्य दिएका थिए ।
शिक्षा, संस्कृति, विज्ञान, प्रविधि एवं सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, आर्ट अफ लिभिङका प्रशिक्षक महेश्वर गिरी, पतंजलि योग समिति गण्डकी प्रदेश संयुक्त प्रभारी दीपक सिग्देल, मानव धर्मका गण्डकी प्रदेश प्रभारी पिताम्बरा बाई, सत्य साई केन्द्र, गण्डकीका प्रमुख राजेन्द्र कायस्थ, ब्राह्मण समाज नेपालका अध्यक्ष एवं विश्व हिन्दू महासंघ नेपालका सल्लाहकार डा. नारायणप्रसाद अधिकारी, विश्व हिन्दू महासंघ कास्की अध्यक्ष पार्वता पौडेल लगायतले योगको भूमिकाको विषयमो धारणा राख्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

  • माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    स्याङ्जा । जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तीले माटो सुहाउँदो उत्पादन गरेमा रोजगारकै निम्ति विदेशिनु नपर्ने बताएका छन् । प्रधानमन्त्री…
  • होमस्टे महासंघ गण्डकीको प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । होमस्टे महासंघ गण्डकी आयोजनामा पोखरामा प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर…
  • श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताएका छन् । १३५ औं श्रमिक दिवस अवसरमा…
  • मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । मेजर वीरसिंह गुरुङको १२२ औं जन्मजयन्ती मंगलबार पोखरामा मनाइएको छ । मेजर वीरसिंह स्मृति प्रतिष्ठानकोे ११ औं वार्षिक…
  • मजदुरलाई छैन मजदुर दिवस रौनक

    धनबहादुर गुरुङ वैशाख २०, २०८१
    पोखरा । बिहान झिसमिसेमै डोकोनाम्लो लिएर सेती किनारमा हानिन्छन्, वसन्त रोका । चर्को घाममा बालुवाको भारी बोकेरै दिन बित्छ, उनको…

hero news full width