म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार साँझ गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित दसौं गाउँसभामा अध्यक्ष भवबहादुर भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत गरेको बजेट छलफलसहित सर्वसम्मत रुपमा पारित भएको हो ।
रघुगंगाले आगामी आर्थिक वर्षका लागि कुल ५३ करोड १९ लाख ९ हजार बराबरको बजेट स्वीकृत गरेका छ । चालुतर्फ ३० करोड ४३ लाख, पुँजीगत बजेटमा १४ करोड ७५ लाख बजेट विनियोजन भएको छ । चालुतर्फको कुल बजेटबाट सामाजिक सुरक्षा भत्तामा ८ करोड १० लाख बजेट प्रस्ताव गरिएको छ । त्यसैगरि प्रशासनिक बजेटतर्फ ७ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।
गाउँसभामा प्रस्तुत गरी पारित भएको बजेटमा नेपाल सरकारको समानीकरण अनुदानतर्फ ८ करोड ३४ लाख, राजश्व बाँडफाटमा ७ करोड ३१ लाख, विशेष अनुदानमा २ करोड २८ लाख, सशर्त अनुदानमा २० करोड २४ लाख, समपूरक अनुदानमा ४६ लाख, प्रदेश सरकारबाट समानीकरणतर्फ ८९ लाख ७१ हजार, सशर्त अनुदानमा ५० लाख, समपूरक अनुदानमा ५० लाख, राजश्व बाँडफाँटबाट ५५ लाख बजेट प्राप्त हुनेछ ।
त्यसैगरि गाउँपालिकाको आन्तरिक आम्दानी १ करोड ३ हजार र चालु आर्थिक वर्षमा खर्च हुन नसकेर बचत रहन आउन सक्ने ३ करोड बैंक मौज्दातलाई समेत बजेटको आम्दानीतर्फ समावेश गरिएको छ ।
गाउँपालिकाले शिक्षा क्षेत्रमा १४ करोड ७५ लाख, पूर्वाधार निर्माणको क्षेत्रमा ९ करोड ६७ लाख, स्वास्थ्य क्षेत्रमा ७ करोड, कृषि, पर्यटन, सहकारी क्षेत्रमा २ करोड, प्रशासकीय भवन निर्माणका लागि १ करोड ५० लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनका अनुसार, नीति तथा कार्यक्रम र बजेटमा सुकुम्बासी समस्या समाधान, युवा र महिला ससक्तीकरण, सुत्केरी महिला उपहार कार्यक्रम, सिपमूलक तालिम, विद्यालय सुदृढीकरण लगायतका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको छ ।
कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको घरपरिवारलाई २५ हजार नगद सहयोग उपलब्ध गराउन
नीति तथा कार्यक्रम पेस गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाको समग्र अवस्थामा परिवर्तन ल्याउनका लागि आधारभूत आधार तयार गर्ने गरी नीति तथा कार्यक्रम बनाइएको र सोही अनुसार बजेट विनियोजन भएको बताए । गाउँसभाले नीति तथा कार्यक्रम र बजेटसँगै आर्थिक ऐन, विनियोजन ऐन समेत पारित गरेको छ । गाउँसभाबाट कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको घरपरिवारलाई २५ हजार नगद सहयोग उपलब्ध गराउने र गाउँपालिकाको कोभिड अस्पतालबाट प्रवाह हुने सबै उपचार सेवा निशुल्क गर्ने निर्णय समेत गरेको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको गाउँसभाको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले गरेका थिए । सभाको उद्घाटन गर्दै जिसस प्रमुख केसीले संघीय संरचनाकै कारण मुलुकमा आइपरेको कोरोना, प्राकृतिक प्रकोप लगायतका विपत्ति र महामारीलाई व्यवस्थापनमा सहज भएको बताए । उनले रघुगंगा गाउँपालिकाले समेत पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, यातायात लगायतको क्षेत्रमा सुधार ल्याउन थालेका प्रयासहरु रचनात्मक रहेको बताउँदै आफ्नो तर्फबाट समेत सक्दो पहल भइरहेको बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तिलिजा, वडा नम्बर १ का वडाध्यक्ष बिलबहादुर फगामी, वडा नम्बर २ का वडाध्यक्ष रिम कटुवाल, वडा नम्बर ३ का वडाध्यक्ष जीवनकुमार मल्ल, वडा नम्बर ४ का अध्यक्ष एकबहादुर गर्बुजा, वडा नम्बर ५ का अध्यक्ष मनबहादुर शेरपुञ्जा, वडा नम्बर ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, वडा नम्बर ७ का अध्यक्ष दुर्गा पुन, वडा नम्बर ८ का अध्यक्ष गमान छन्त्याल लगायतले मन्तव्य राखेका थिए । गाउँसभा सदस्य सम्झना परियारले स्वागत र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँसभालाई सहजीकरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१