पोखरा । पोखरामा सबैभन्दा धेरै रुममध्येको होटल हो, स्वीस इन्टरनेशनल होटल सरोवर । लेकसाइडमा लिफ्ट सुविधासहितको यो होटल ९ तलाको छ । यहाँ सुपेरियर, डिलक्स र स्वीट गरी ९६ रुम छन् । कोरोना महामारीसँगै जारी लकडाउनले होटलमा अकुपेन्सी हुने कुरै भएन । ६६ कर्मचारीलाई रोजगारी दिलाएको यो सुविधासम्पन्न होटलले कोरोना महामारीको पहिलो लहरमै कर्मचारी कटौती गरी २० मा झारेको थियो । त्यसबेला ७ महिनासम्म लकडाउनपछि बिस्तारै चलायमान हुँदै गएकोमा नयाँ भेरियन्टसहितको दोस्रो लहरले पहिलेकै अवस्थामा फर्काइदियो । कास्कीमा गत १५ वैशाखदेखि निषेधाज्ञा जारी छ । होटल तथा रेष्टुरेन्ट पूर्णतः बन्द छन् । स्वीस होटलसहित पोखराका यस्तै सुविधासम्पन्न पर्यटकीय स्तरका ७ सय जति होटल बन्दले पोखराको पर्यटन क्षेत्रमा ठूलो मार पारेको छ ।
होटलका इन्टेरिम म्यानेजर प्रतीकराज पहारीले गत वर्ष कोरोना केही हटेपछि सहज हुँदै जाँदा फाट्टफुट्ट आन्तरिक पर्यटक आगमनले अप्रेसनसम्म धानेकोमा अहिले पूरै ठप्पले समस्यामा पारेको बताउँछन् । यस्तै हो भने करोडौं लगानीको होटल व्यवसाय पहिलेकै अवस्थामा फर्किन लामो समय लाग्ने पहारी बताउँछन् ।
पर्यटन क्षेत्रमा विशेषगरी होटल तथा रिसोर्ट, रेष्टुरेन्ट तथा बार, ट्रेकिङ एजेन्सी, ट्राभल्स एजेन्सी, प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, ट्रेकिङ इक्प्युप्मेन्ट सप, इम्ब्रोइडरी एण्ड गार्मेन्ट सप, पर्यटक यातायात व्यवसाय लगायत यससँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जोडिएका विभिन्न क्षेत्र पर्दछन् । पर्यटन व्यवसायीहरुका अनुसार पोखराको पर्यटन क्षेत्रमा हाल ५ खर्ब जतिको लगानी छ । तर कोरोना भाइरस महामारीका लागि संवेदनशील क्षेत्र मानिने पर्यटन क्षेत्रको यति ठूलो लगानी डुब्ने खतरामा छ ।
कोरोना भाइरस संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ । त्यसो त पर्यटन व्यवसायीहरुले बन्दाबन्दी र जारी निषेधाज्ञाका कारण धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसाय पुनः लयमा फर्काउन ४/५ वर्षसम्म लाग्ने अनुमान गर्छन् । किनकि दोस्रो लहर नसकिँदै तेस्रो भेरियन्ट पनि नेपालमा देखा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नै विज्ञप्तिमार्फत जानकारी गराएको छ । यो भेरियन्ट सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने भएकोले सचेत रहन मन्त्रालयले अनुरोध गरेको छ । त्यसका लागि कोरोनाविरुद्धको खोप पहिलो आवश्यकता हो । तर नेपालमा सरकारी तथ्यांक अनुसार कास्कीमा हालसम्म करिब ५८ हजार जनाले मात्र खोप लगाएका छन् ।
करिब ५ अर्बको लगानी रहेको पोखराको पर्यटन क्षेत्रमा लकडाउनले दैनिक १६ करोड घाटा छ ।
पर्यटन परिषद् पोखराका अध्यक्ष गोपीबहादुर भट्टराई पनि पर्यटन व्यवसाय चलायमान बनाउन पहिलो शर्त खोप हो भन्छन् । ‘खोपबिना अब पर्यटन क्षेत्र अगाडि बढ्न सक्दैन । सबै व्यवसाय खोलिसकेपछि मात्र ढिलोगरी पर्यटन व्यवसाय चलायमान हुने गर्छ । किनकि यो संवेदनशील क्षेत्र हो,’ उनले भने, ‘मानौं प्रशासनले स्वीकृति दिए भोलिदेखि होटल, रेष्टुरेन्ट खोलौलाले खोल्नेबित्तिकै चल्ने होइनन् । व्यवसायी तथा मजदुर सुरक्षित राख्न र घुम्न आउने पर्यटकलाई पनि विश्वस्त बनाउन खोप अनिवार्य हो । ट्रेकिङमा जान खोज्ने पर्यटकले समेत बुकिङ गर्दा गाइडले भ्याक्सिन लगाए कि लगाएनन् भनी सोध्न थालिसके ।’
अघिल्लो वर्ष कोरोनाको पहिलो लहरले आक्रान्त बनेकोमा पछि करिब ३० प्रतिशत हाराहारीमा पर्यटन क्षेत्र चलायमान भएकोमा यस वर्षको सुरुवातमै दोस्रो लहरले फेरि वेचैन बनाएको भट्टराईले बताए । नेपालको अर्थतन्त्रमा ठूलो योगदान छ । यो क्षेत्रमा आबद्ध व्यवसायी तथा मजदुरलाई पनि बचाउने हो भने सरकारले घोषणा गरेका राहत कार्यक्रम कार्यान्वयनमा ढिलाइ गर्न नहुने उनको तर्क छ । उनले भने, ‘चालू आवको लागि सरकारले विनियोजन गरेको सहुलित रकम साना, मझौला तथा ठूला सबै वर्गले समान रुपमा पाउन सकेका छैनन् । त्यस्तै आगामी आवको लागि संघ तथा प्रदेश सरकारले घोषणा गरेका राहतका कार्यक्रमलाई विशेष सम्बोधन हुने गरी अघि बढाउनुपर्छ ।’
परिषद्ले कोरोना महामारीको असर, आगामी दिनमा कसरी बढ्ने र विभिन्न मागबारे तिनै तहको सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
पर्यटन क्षेत्र व्यवसाय सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ताबन्दी बुझाउने अवधि निर्धारित समयभन्दा कम्तीमा २ वर्ष पछि धकेल्नुपर्ने परिषद्ले माग गर्दै आएको छ । सरकारले बैंक तथा वित्तीय संस्थालाई पर्यटन क्षेत्रमै लगानी गर्ने भनी निश्चित रकम छुट्टाउनुपर्ने उनको भनाइ छ । साथै हाल कायम व्याजदर घटाएर ५ प्रतिशतमै लोन प्रवाह गर्नुपर्ने उनी बताउँछन् ।
पोखराको पर्यटन क्षेत्रमै ६० देखि ७० हजार मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आबद्ध छन् । कोरोना कहरले दैनिक १६ करोड घाटा रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । पर्यटनको ठूलो हिस्सा ओगटेको क्षेत्र होटल व्यवसाय हो । पोखरामा पर्यटकीयस्तरका करिब ७ सय होटल छन् ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१