सामान्यतः मित्र भन्ने शब्द गोल बोलीमा प्रकट गरिन्छ । तर काल विभाजन अनुसार तुलना गर्दा बाल्यकालका मित्रहरु क्रमशः बिर्सदै गरिन्छ । किशोर अवस्था र युवा अवस्था तथा जवान अवस्था र वृद्ध अवस्थामा मित्रहरु अविस्मरणीय हुन्छन् । मित्रहरु विधि, व्यवहार र विचारको आधारमा पनि संस्मरणीय हुन्छन् । यस प्रकारका धेरै मित्रमध्ये केही मित्रहरु मात्र बेलाबखत सम्झनामा आउने गर्दछन् । यस्ता मित्रहरुलाई घनिष्ट मित्र भन्न सकिन्छ ।
अहिले म आफ्ना आत्मीय मित्रमध्ये अधिवक्ता गजेन्द्रबहादुर पाण्डे र पत्रकार यज्ञप्रसाद बास्तोलालाई सम्झिरहेको छु । यी दुबै व्यक्तिहरु करिब ३० वर्ष अघिदेखिका मेरा परिचित, हितैषी मन मिलेका मित्रहरु थिए ।
म कानुन व्यवसायीको रुपमा पोखरामा अभ्यास गर्थें । अधिवक्ता गजेन्द्रबहादुर पाण्डे यदाकता मसँग सम्बन्ध राख्न आउने गर्थे । त्यसबखत हामीहरु घर व्यवहारका दुःख सुखका कुरा पनि गर्ने गथ्र्यौं । कानुन र न्यायसम्बन्धी कुरा पनि हुन्थ्यो । इतिहास र राजनीति विषयमा पनि हामी छलफल गथ्र्यौं । राजनीतिको बागडोर समाल्नेहरु दिन प्रतिदिन स्वार्थी र आफ्नो कर्तव्यबाट च्यूत हुँदै गएकोमा हामी चिन्ता गथ्र्याैं तर देशको शासन कहिल्यै पनि सुधारको मार्गमा आउन सकेन । अहिले पनि राष्ट्रको अवस्था डामाडोल छ । जनताहरु रोग र भोकले छटपटिइरहेका छन् ।
मित्रहरु विधि, व्यवहार र विचारको आधारमा पनि संस्मरणीय हुन्छन् । यस्ता मित्रलाई घनिष्ट मित्र भन्न सकिन्छ
मैले आफ्नो जीवनको पूर्वाद्र्धदेखि नै साहित्य र पत्रकारिता आदतको रुपमा अँगालेको थिएँ । म कहिले स्वयं सम्पादक र प्रकाशक बनेर पत्रिका चलाएँ । कहिले अरु पत्रिकाको स्तम्भकार बनेर कलम चलाएँ । जीवन यात्रामा नेपाल पत्रकार महासंघको विधान लेख्ने र कहिलेकाहीँ पत्रकारको निर्वाचन अधिवेशन गराउने सौभाग्य पनि प्राप्त गरेको थिएँ । पोखरामा प्रकाशित दैनिक आदर्श समाजमा पनि स्तम्भ लेख्ने सौभाग्य पाएँ । यसै सिलसिलामा वरिष्ठ पत्रकार यज्ञप्रसाद बास्तोलासँग पनि मेरो घनिष्ट सम्बन्ध हुनपुग्यो ।
बास्तोला बहुमुखी प्रतिभाका धनी थिएँ । उनी लेख लेख्ने, पत्रकारहरुको संस्थामा पनि आजीवन जस्तै सल्लाहकार थिए । स्वयं किताब लेख्ने र कतिपय किताबमा भूमिका लेखिदिने र सल्लाह दिने गर्थे । कतिपय पत्रिका र किताबमा आफ्ना रचना प्रकाशन गरेको पनि पाइन्नथ्यो । योगसम्बन्धी साधनामा उनको राम्रो अभ्यास थियो । बोलीचालीमा उनी नरम तरिकाले आदरपूर्वक बोल्ने गर्थे ।
कोभिड १९ को संक्रमणले मेरा आत्मीय दुई मित्रहरु पाण्डे र बास्तोलालाई असामयिक रुपमा कालले स्वर्गबास गरायो । दिवंगत आत्माले शान्ति प्राप्त गरोस् । पाण्डे र बास्तोलाजीको परिवारहरु अहिले शोक अवस्थामा छन् । हार्दिक समवेदना व्यक्त गर्दछु । श्रीमद्भागवत गीतामा आत्मा र शरीरको भेद बताइएको छ ।
आत्मा अमर हुन्छ । शरीर मृत्युमय हुन्छ । शरीर मर्दा पनि आत्मा मर्दैन । त्यसैले आत्माको अमरतामा हामीले विश्वास गर्छाैं ।
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१