चितवन । विद्यालयहरुले अनलाईन मार्फत भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार यहाँ रहेका सबै विद्यालयहरुले असार १ गतेदेखि भर्ना प्रक्रिया शुरु गर्न लागेका हुन् ।
कार्यालय प्रमुख भूमिलाल सुवेदीका अनुसार ईन्टरनेटको सुविधा भएको ठाउँमा भर्चुअल माध्यमबाट भर्ना लिइने छ भने अन्य स्थानमा सामाजिक दूरी कायम गरी भर्ना लिइने छ । विद्यार्थीहरुको भविष्यसँग जोडिएकाले भर्ना प्रक्रिया शुरु भएसँगै विद्यालयले पुस्तक खरिद गरी विद्यार्थीहरुलाई उपलव्ध गराउने छन् । अहिले यहाँका सात वटै स्थानीय तहका शिक्षा शाखाहरु नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।
कक्षा आठको नतिजाको समेत अन्तिम तयारीमा लागेकाले त्यस लगत्तै भर्ना अभियान र पठनपाठन शुरु गरिने छ । विद्यालयहरुले भर्ना फारम आफ्नो विद्यालयको वेभसाइटमा राख्ने छन् । सोही साईटमार्फत विद्यार्थीले फारम भरेर विद्यालयलाई बुझाउने छन् । सो फारमको आधारमा विद्यालयले विद्यार्थीसँंग भर्चुअल रुपमा अन्तरवार्ता लिई भर्नामा सहभागी गराउने छन् । विद्यार्थी भर्ना प्र्रक्रियासँगै पठन पाठन पनि भर्चुअल माध्यमबाटै गर्ने छन् ।
अनलाइनको सुविधा नपुगेका विद्यालयहरुले भने भर्नाका लागि सामाजिक दूरी कायम गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक दूरी कायम गरी भर्ना गर्ने छन् । पठनपाठनका लागि वैकल्पिक माध्यम अबललम्बन गर्नुपर्ने छ ।” जिल्लामा ३ सय २३ सामुदायीक र २ सय १६ संस्थागत गरी ५ सय ३९ विद्यालय रहेका छन् । ती विद्यालयमा १ लाख ५४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।
Related News
सम्बन्धित समाचार
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१