सरसर्ती हेर्दा कोरोना स्वास्थ्य समस्या हो । यसलाई बृहत रुपमा हेर्ने हो भने यो स्वास्थ्य क्षेत्रमात्र होइन, यसले नछोएको, असर नपारेको ठाउँ नै छैन । शिक्षा क्षेत्र उसैगरी आक्रान्त छ । पोहोर शैक्षिक सत्र सकिनै लाग्दा कोरोनाको महामारी सुरु भयो । हतारमा परीक्षा सकाएर लकडाउन गरियो । एसइई र त्योभन्दा माथिका परीक्षाका लागि फरक फरक विधि अपनाइयो । जेल जसरी हो, कर्मकाण्ड पूरा भयो । कोरोनाको असर लम्बिन्छ भन्ने सबैलाई थियो । सरकारी पदाधिकारी त झन् यसबाट जानकार नहुने कुरै भएन । तर पनि शैक्षिक सत्र सञ्चालन र परीक्षा प्रणालीका बारेमा उनीहरु चिन्तित देखिएनन् । शिक्षा मन्त्रालयको बागडोर सम्हालेका मन्त्री हुँदा नहुँदा भाषण गरेर थाक्दैनन् । साँच्चै विद्यालय र विद्यार्थीका बारेमा उनलाई चासो पनि छैन र जानकारी पनि छैन । यो सबै गैरजिम्मेवारीको पराकाष्ठा हो ।
कोभिड १९ सुरु भएदेखि नेपालका सबै विश्वविद्यालयहरू शिक्षण र सिकाइको वैकल्पिक विधिको खोजीमा छन् र प्रयोगमा ल्याइरहेका छन् । स्कुल तहमा पनि त्यस्तै विधिहरु प्रयोगमा आएका छन् । विद्यार्थीहरूको लागि अनलाइन सामग्री तयार गरेर त्यही अनुसार कक्षा सञ्चालन पनि भई नै रहेका छन् । अहिले सबैतिर चर्चाको विषय बनेको अनलाइन शिक्षा । तर यो २ वर्षको अवधिमा अनलाइन पढाइ कति प्रभावकारी हुनसक्यो या सकेन अब समीक्षा गर्नुपर्ने बेला आएको छ । भौगोलिक र भौतिक सामथ्र्यको कुरा गर्ने हो भने धेरैजसो स्कुल र कलेजहरू अनलाइन शिक्षाको लागि तयार छैनन् । विद्यार्थीहरु तितरवितर भएका छन् । ग्रामीण भेगमा इन्टरनेटको सुविधा छैन । भए पनि राम्रो टिप्न सक्दैन । बिजुलीको उस्तै समस्या छ । अनि बालबालिकामात्र होइन शिक्षकहरुसँग पनि त्यस्ता खालका मोबाइल र कम्प्युटर नहुँदाको समस्या त छँदै छ ।
नेपालमा स्कुल र कलेज अब कहिले भौतिक रुपमा सञ्चालन गर्न पाइने हो अनिश्चित छ । यस्तो कठिन समयमा नेपालका धेरैजसो कलेज र स्कुलहरुले अनलाइन कक्षा चलाइका छन् र सकेसम्म बढी जनामा पुग्ने प्रयास पनि गरेकै छन् । भौतिक कक्षा सम्भव नभएका बेला अनलाइन कक्षा प्रभावकारी त भएको छ । विद्यार्थी, शिक्षक अनि अभिभावकलाई पनि नयाँ अनुभूति भइरहेको छ । यसले त अझ अभिभावकलाई बढी जिम्मेवार बनाइदिएको छ । समस्या भनेको मूल्यांकन प्रणालीमा हो । जसरी कक्षामा सहभागी भएर पढाइ हुन्थ्यो, परीक्षा दिइन्थ्यो । त्यो अवस्था अहिले छैन । यसले शिक्षाको गुणस्तरमा कस्तो असर पार्ने हो थाहा छैन । यसबारेमा सबै पक्षले सोच्न जरुरी छ । पाठ्यसामग्री त्यही अनुसारका छैनन् । शिक्षक र विद्यार्थीहरु नै प्रविधिमा पोख्त छैनन् भने के प्रभावकारिता रह्यो र ?
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१