पूर्णकुमारको स्मृतिमा अक्षयकोष घोषणा

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७८
Purna Kumar

दुलेगौंडा । तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जका अध्यक्ष पूर्णकुमार श्रेष्ठको स्मृतिमा अक्षयकोष घोषणा गरिएको छ । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनको जेठ १२ मा हृदयघातले ४८ वर्षको उमेरमा निधन भएको थियो ।

निधनको १३ दिनको पुण्यतिथिमा आइतबार ३ लाख रुपैयाँ बराबरको अक्षय कोषको स्थापना गरिएको हो । समितिका निवर्तमान अध्यक्ष नारायण श्रेष्ठले कोषको घोषणा गर्दै विभिन्न ३ विधामा क्रियाशील व्यक्तिलाई वार्षिक रुपमा नगदसहित सम्मान गरिने जानकारी दिए । रेडियोका सेयरधनी सदस्यबाट स्वतःस्फूर्त र केही रकम उनको परिवारबाट समेत जम्मा हुने गरि सो बराबरको अक्षयकोष स्थापना गरिएको उनले बताए ।

सो रकमको प्राप्त ब्याजबाट रेडियो स्थापना भएको दिन अवसरमा नगदसहित सम्मान गरिने रेडियोका वरिष्ठ उपाध्यक्ष ज्योति श्रेष्ठको भनाइ छ । सो पुरस्कार पत्रकारिता, साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशील व्यक्तिलाई सम्मान गरिने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै