धनुषा । प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतवार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराउनुभएको छ ।
प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गर्नुभएको छ । प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ ।
विजयकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्रकुमार यादवलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नवल किशोर साहलाई सामाजिक विकास मन्त्रालय र रामनरेश यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
कोशी सरकार असंवैधानिक !
अध्यक्षता गरेका सभामुखले नै मत हालेपछि कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, एमालेको विरोध
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त
मुख्यमन्त्री, मन्त्री तथा सांसदको सुविधामा वृद्धि
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१