कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त

आदर्श समाज सम्वाददाता
असार १५, २०८०
Hikmat-Kumar-Karki-KoshiUML

पोखरा । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका छन्। प्रदेशसभामा विश्वासको मत नपाएपछि उनको पद गुमेको हो।

प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४६ मत परेको छ भने विपक्षमा ४३ मत। कोसी प्रदेशसभा सदस्यको संख्या ९३ रहेकोमा आजको बैठकमा ८९ जना सहभागी थिए।

नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपरेको हो। एक मत नपुगेर कोसीमा नेकपा एमालेको सरकार ढलेको छ। योसँगै एमाले केन्द्रदेखि प्रदेशसम्मै सत्ताविहीन भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width