पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन ग्यास सिलिन्डर सहयोग गरेको छ । बिहीबार राष्ट्रिय युवा संघको केन्द्रीय अध्यक्ष किरण पौडेलले प्रतिष्ठानका उपकुलपति डा। डुकबहादुर क्षेत्रीलाई ५० थान सिलिन्डर हस्तान्तरण गरेका हुन् ।
महेन्द्र गुरुङको व्यक्तिगततर्फबाट १३ वटा र विभिन्न व्यवसायीको सहयोगमा ३७ वटा सिलिन्डर अस्पताललाई उपलब्ध गराएको अध्यक्ष गुरुङले जानकारी दिए । बिहीबार नै ३० वटा पिपिइ सेट, ५ हजार मास्क र सेनिटाइजर सहयोग गरेको हो । मास्क र सेनिटाइजर राष्ट्रिय युवा संघ नेपालले उपलब्ध गराएको हो भने पिपिइ व्यवसायीले सहयोग गरेको अध्यक्ष गुरुङले बताए ।
उपकुलपति डा क्षेत्रीले युवा संघले दुखको बेलामा सराहनीय काम गरेको बताए । उक्त सिलिन्डरलाई स्टकमा राख्ने र आकस्मिक रुपमा प्रयोग गरेर बिरामीको उपचारमा प्रयोग गरिने डा। क्षेत्रीले जानकारी दिए । युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले युवा संघ कोरोनाको दोस्रो भेरियन्ट सुरु भएदेखि नै अलर्ट अवस्थामा बसेको बताए । पूर्वदेखि पश्चिमसम्म युवा संघ स्वयं पुगेर सहयोग गरेको पनि उनको भनाइ थियो । अब युवा संघ भ्याक्सिनको लागि तयारी अवस्थामा रहेको उनले जनाए ।
राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशले बिहीबार नै कास्कीका ४ गाउँपालिकालाई १२ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको थियो । मादी र माछापुच्छ«ेलाई ४÷४ साथै रुपा र अन्नपूर्ण गाउँपालिकालाई २÷२ वटा कन्सन्ट्रेटर उपलब्ध गराएको युवा संघ गण्डकीका अध्यक्ष गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१