पोखरा । गण्डकी प्रदेशमा सत्ताको खेल भइरहँदा यतिखेर चर्चामा छ, युवा तथा खेलकुद मन्त्रालय । मन्त्रालयभन्दा बढी ‘हिट’ भए मन्त्री राजीव गुरुङ (दीपक मनाङे) । मन्त्रालयको जिम्मा सम्हालेदेखि नै उनी युवा तथा खेलकुदको क्षेत्रमा डटेर काम गर्ने बताउँदै आएका छन् ।
नवनियुक्त मन्त्री गुरुङ खेलाडी र खेल क्षेत्रमा काम गरिरहेकाले पनि उनको रोजाइमा खेलकुद मन्त्रालय नै थियो । मन्त्री नियुक्तपछि उनको प्रतिक्रिया नै ‘रोजाइको मन्त्रालय पाएँ,’ भन्ने थियो । उनको नियुक्तिको डेढ महिनाअघि गण्डकी खेलकुद परिषद् सदस्यसचिवमा तेज गुरुङ नियुक्त भइसकेका थिए भने नियुक्तिको २ दिनअघि प्रदेश खेलकुद विकास नियमावली, २०७८ राजपत्रमा प्रकाशित भएको थियो । साथै परिषद्ले पूर्णता पाइसकेको थियो । तर काम गर्ने बेलामा परिषद्का सबै पदाधिकारी नदेख्दा मन्त्री गुरुङ दिक्क छन् । खासगरि परिषद् उपाध्यक्ष म्याग्दीका नारायण पुनलाई ५ वैशाखमा नियुक्त गरिएको थियो । प्रदेशमा बजेटको तयारी हुँदैछ । युवा तथा खेलकुद मन्त्री गुरुङ योजना बनाउने काममै व्यस्त छन् । उनलाई सदस्य सचिवको त राम्रो साथ छ । तर उनले अहिलेसम्म परिषद् उपाध्यक्ष नदेखेको बताउँछन् ।
प्रदेशमा खेलकुद परिषद् गठन भएपछि खेलकुद क्षेत्रले विकासको फड्को मार्ने धेरैले अनुमान गरेका थिए । तर नियुक्तिमा पुरानै खेलकुदको वेथिति दोहोरियो । प्रदेश खेलकुलमा पदाधिकारी नियुक्ति गर्ने बेलामा खेल क्षेत्रमा लागेको व्यक्तिहरुको सामाजिक सञ्जालको स्टाटस पोस्टले त्यसलाई पुष्टि गथ्र्यो । तर तत्कालीन सामाजिक विकास मन्त्री नरदेवी पुनको गृहजिल्ला म्याग्दीकै वासिन्दा नारायण पुन कहाँ छन् भन्नेमै मन्त्रालय बेखबर छ ।
‘हामी मन्त्रालयमा आएपछि उपाध्यक्ष भन्ने मान्छे को हो भनेर हामीले चिनेका पनि छैनौं,’ मन्त्रालयकै एक कर्मचारी भने, ‘जो हामीसँग यति बेलासँगै हुनुपथ्र्यो, मन्त्रालयलाई कसरी राम्रो बनाउनेदेखि बजेट र नीतिगत कुरामा सपोर्ट चाहिने हो तर सदस्यसचिव मात्र कुदिरहेका छन् ।’
सपथ खाएको पनि थाहा नभएको र उनलाई कसरी नियुक्त गर्यो भन्ने विषयमा मन्त्री नै अनविज्ञ रहेको उनले बताए । ‘उता भएको मान्छे नियुक्ति गर्ने, सपथै खाएको छैन,’ उनले भने, ‘अब त बजेट चाहियो नि, सदस्यसचिव र उपाध्यक्ष त मन्त्रालयमा हुनुपर्ने हो ।’ यसले गर्दा परिषद्को भूमिका नदेखिएको उनले बताए । उपाध्यक्ष नै नभएपछि मन्त्रालयमा नै अन्यौलता छाएको र अप्ठेरो परेको उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१