पोखरा । पूर्व राष्ट्रिय खेलाडी एवं सहारा क्लब हङकङका वरिष्ठ उपाध्यक्ष बिल तामाङको १३ औं दिनको पुण्यतिथिमा हङकङमा आइतबार श्रद्धाञ्जली सभा भएको छ ।
सहारा क्लब हङकङ, तामाङ घेदुङ हङकङ, एलजी संगम परिवार हङकङ र नादा समाज हङकङको संयुक्त आयोजनामा भएको श्रद्धाञ्जली सभामा नेपाली फुटबल टिमका पूर्व राष्ट्रिय खेलाडी एवं क्लबका वरिष्ठ उपाध्यक्ष तामाङले खेलकुद र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरिएको थियो ।
सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङले तामाङले उनले प्रशिक्षक बनेर देखाउने लक्ष्यका साथ एएफसी ए लेवलको प्रशिक्षण लाइसेन्स लिन नेपाल गएको बेला कोरोना संक्रमणका कारण ज्यान गुमाउनुपरेकोमा आफूहरु निकै मर्माहित भएको बताए । उनले भने, ‘भौतिक रुपमा गुमाए पनि उहाँले देखाएको बाटो अनुशरण गर्दै सामाजिक योगदानको सधैं स्मरण गर्ने छौं ।’
सहारा क्लब हङकङका पूर्व प्रमुख सल्लाहकार तुल्सी गुरुङ, महासचिव कुमार गुरुङले तामाङले खेलकुद तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
सहारा एकेडेमीका पहिलो फुटबल प्रशिक्षक तामाङले फेन्डस्, आरसिटी, जनकपुर चुरोट कारखाना लगायत संस्थाबाट फुटबल खेलेका थिए ।
सहारा क्लब पोखराका आजीवन सदस्य उनी पोखराको संगम टोल निवासी थिए । उनको ४६ वर्षको उमेरमा गत जेठ ४ मा निधन भएको हो ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१