पेलेरै जाने काम भयो

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७८
Purnabahadur

हामी चुनावबाट विजयी भएर जाँदाखेरिको जस्तो उत्साह नगर कार्यपालिकामा छैन । वडामा सेतीघाट मर्‍याङघाट पोखरा २६, २८, २९, ३० वडाक्षेत्रका शव व्यवस्थापन घाट जान आउन गाह्रो थियो । लगभग १ किमी जान प्राय असम्भवजस्तो बाटो सहज बनाएका छौं । स्कुलको भवनको अवस्था धेरैको दयनीय थियो । लगभग सबैको भवन राम्रो बनाउन सकेका छौं । निजी स्रोतबाट तलब खाने शिक्षकलाई व्यवस्थापनमा सघाएका छौं । आम निर्वाचनको बेला धुलोरहित सडकको प्रतिबद्धता गरेको थिएँ, त्यसैबमोजिम ५० प्रतिशत जनसहभागितामा सडक पक्की अरु वडाका तुलनामा सबैभन्दा धेरै काम गरेका छौैं ।

दोस्रो नगरसभापछि लेखा समिति सभापतिको जिम्मा दिइएको हो । त्यसपछि महानगरमा भएको बजेटको अनियमितता, कर्मचारीहरुको व्यवस्थापन, राइटम्यान, राइट प्लेसको हुनुपर्छ, राजस्वमा भएको घोटालाहरु छानबिन हुनुपर्छ भन्ने आवाज उठायौं । पोहोरमात्रै १३ करोडको अन्तर देखिएको कुरा सर्वविदितै भएको कुरा हो, त्यो अझै पनि यथावतै छ । विभिन्न समितिहरु बने तिनीहरुले पनि राम्रो निष्कर्ष निकाल्न सकेनन् । मेयरसाबले २ करोड जति हो भनेर स्वीकारेको कुरा पनि हो । पछि हिसाब मिलान भएर आयो भन्ने कुरा भएको छ तर मैले हेर्न पाएको छैन ।

२०५४ सालदेखिका कर्मचारीहरुको व्यवस्थापनको ठूलो गुनासो छ । खास गरेर तल्लो तहका कर्मचारीहरु योग्यता पुगेका पनि स्थायीको प्रक्रियामा गएको अवस्था छैन । मैले यो कुरा महानगर कार्यपालिका बैठकमा मेयर, कार्यकारी अधिकृत लगायतलाई जानकारी गराइरहेको छु, हुन्छ भन्नुहुन्छ तर कार्यान्वयन भएको छैन ।

पूर्णबहादुर गुरुङ
अध्यक्ष, पोखरा महानगरपालिका वडा नं. २७

मेयरसाब स्थानीय तहमा प्रतिपक्ष हुँदैन भन्नुहुन्छ, तर घाँटी फूलाएर जतिसुकै ठूलो स्वरमा भने पनि कार्यान्वयन हुँदैन । सातौं नगरसभामा लगभग ३०/३१ बुँदा पेस गरेका थियौं, कुनै पनि कार्यान्वयन भएको छैन । आया राम गया राम भनेजस्तै भयो । मेयरसाबले कतिपय पेलेरै जाने गर्नुहुन्छ । अहिले भर्खरै भएको रामघाट र पाताले छाँगोको ४० वर्षे प्रकरण तपाईंले पनि थाहा पाउनु भो होला । त्यो योजनामा पनि हाम्रा ११ जना साथीहरुको असहमति भएकै हो । हामीले नोट अफ डिसेन्ट लेख्न पाउनुपर्छ भन्दाभन्दै पनि लेख्न पाइएन, प्रतिपक्ष हुँदैन भन्ने नै दोहोरिन्छ । हामीले जति भने पनि गरिरहेकै छन्, आइरहेकै छन् ।

लेखा समितिले कारबाही गर्न सक्दैन, पाउँदैन, सुझाव कार्यान्वयन हुने हो भने मात्रै पनि महानगर धेरै राम्रो हुने थियो

पाँचौ कि छैटौ नगरसभामा बजेट असमति भएर किताबै च्यात्नेसम्मको काम भएकै हो । त्यसपछि पनि कहिले सहरी विकास आयोजना कहिले अन्य के आयोजना भन्दै विज्ञहरुको टोलीले काम गरिरहको हुन्छ, तर सुनुवाइ भएको छैन । उहाँहरुले भने अनुसार हुने हो भने महानगर राम्रो हुन्थ्यो कि भन्ने हामीलाई लागेको छ तर भएकै छैन ।

कृषिको बजेट वडाले, वडाध्यक्षले विनियोजन गर्न पाएको छैन । महानगरमा एकमुष्ठ थन्किएको हुन्छ, कार्यालय प्रमुख र मेयरसाहेबको तोक आदेशमै काम भइरहेको छ । हुन त हामीलाई पनि कुन योजना कहाँ के भइरहेको छ भन्ने थाहा नै हुँदैन । वडामा आयो भने हामीले किसान हेरेर हामीले दिन पाउँछौं भनेर बारम्बार कुरा उठाउँदा पनि सुनुवाइ भएको छैन ।

शिक्षा, कृषिलगायत महाशाखाको बजेट महानगरमै एकमुष्ठ रहिरहेको अवस्था छ । वडाध्यक्षले गर्नुपर्नेमा कार्यालय प्रमुखले विनियोजन गरको अवस्था छ । महानगरले तोक आदेश दिइरहनुभएको छ । हामीतर्फको ११ जनाको नेता रामराजजी हुनुहुन्छ, उहाँले बेला बेला आवाज उठाइरहनुभएको छ । पत्रकार सम्मेलन गरेर पत्रपत्रिकाहरुमा दिइरहनु भएको छ । हामीले कार्यपालिका बैठकमा पनि चित्त नबुझेका कुराहरु पनि भन्ने गरेका छौं । कार्यपालिका बैठक पनि चलाउन पर्‍यो, सधै अवरोध गरेर पनि भएन । न्यून उपस्थिति भएर पनि होला आए राम गए राम भनेजस्तो भयो । हामीहरु कराउँदै जाने उहाँहरु पेल्दै जाने भइरहेको छ आजसम्म । हामीले सुझाव दिने हो, लेखा समितिले कारबाही गर्न सक्दैन, पाउँदैन । सुझाव कार्यान्वयन हुने हो भने मात्रै पनि महानगर धेरै राम्रो हुने थियो । दूर्भाग्य भन्नुपर्छ, महानगरमा सुधार हुने चाहना हुन सकेको छैन । हजुरहरुले पनि बुझ्नुभएको छ, महानगरका विषयमा । जोस, जाँगर र उमंग अनुसार हामीले गर्न नसकेको अवस्था हो । तर वडा विकास के कसरी गर्न सकिन्छ भनेर चिन्तनशील छु, चिन्तित छु । सिंगो महानगरमा सुधार गर्न नसके पनि पोखरा २७ लाई राम्रो बनाउन प्रतिबद्ध भएर खटिरहेकै छु ।

पोखरा २७ का वडाध्यक्ष गुरुङ लेखा समिति सभापति हुन् ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width