पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका ७३ वटा पालिकामा स्वास्थ्य पूर्वाधार विकास गर्न ३ करोड ६० लाख खर्चिने भएको छ । मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङले शुक्रबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै प्रतिपालिका ५/५ लाख रुपैयाँ दरले दिने निर्णय गरेका हुन् ।
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार प्रदेशका कुल ८५ मध्ये ७३ पालिकामा स्वास्थ्य पूर्वाधार विकासका लागि सो रकम खर्चिन सक्ने जनाइएको छ । बाँकी १२ पालिकामा समेत स्वास्थ्य पूर्वाधारका लागि बजेट माग भए तत्काल पठाउने निर्णय भएको उनले बताए ।
स्वास्थ्य मन्त्रालयको जिम्मेवार सम्हाल्दै मुख्यमन्त्री गुरुङले कोभिड–१९ रोकथामका लागि कर्मचारीलाई दोस्रो तथा तेस्रो लहरको खोप र अक्सिजन प्लान्टमा जोड दिन निर्देशन दिए । उनले खोप खरिद गरेर गाउँगाउँमा पु¥याउने र सुरक्षित भण्डार गर्न निर्देशन समेत दिए । उनले भने, ‘सरकारले स्वास्थ्य मन्त्रालय स्मार्ट बनाउने हो । अब स्मार्ट हेल्थको कार्यक्रम सँगै जिल्ला अस्पतालको सुदृढीकरण गर्नुपर्छ ।’
अब वैज्ञानिक ढंगले जनस्वास्थ्यको पुनसंरचना गर्नुपर्छ भन्दै उनले अक्सिजन प्लान्ट स्थापना, पिसिआर रिपोर्ट २४ घन्टाभित्र उपलब्ध हुने व्यवस्था, होम आइसोलेसनमा बसेकालाई परामर्श र मेडिकल किट उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
‘कोभिड–१९ रोकथाम र उपचारका लागि निजी अस्पतालहरु र पालिकाहरुसँग समन्वय गर्नुपर्छ । प्राविधिक कर्मचारीहरुलाई प्रोत्साहन गर्नुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘यो संकटको बेला हो । सबैले सहकार्य गर्नुपर्छ, समन्वय गर्नुपर्छ ।’
Related News
सम्बन्धित समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१