पोखरा । गण्डकी प्रदेशका अस्पताल र नीजि ग्यास प्लान्टबाट दैनिक १ हजार ८ सय ८९ ग्यास उत्पादन हुन्छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुुसार भने ५ हजार ६३२ सिलिन्डर छन् ।
कास्कीको ५ वटा अस्पतालहरुमा मात्र अक्सिजन ग्यास प्लान्ट छ । जसमा मनिपाल, गण्डकी मेडिकल कजेल, फिस्टेल, फेवासिटी र मातृशिशु अस्पतालले मात्र प्लान्ट राखेका छन् । कास्कीका ५ अस्पतालको दैनिक उत्पालन क्षमता १ सय ३२ सिलिन्डर हो । प्रदेशको २ निजी कम्पनीले भने प्रतिघन्टाको दरले ग्यास उत्पादन गर्छन् । पोखरा अक्सिजन ग्यास प्रालिले प्रतिघन्टा ३० वटा र कालिगण्डकीले प्रतिघन्टा २० सिलिण्डर ग्यास उत्पादन गर्छ ।
याे पनि
ग्यास उद्योगी भन्छन् : अक्सिजन माग धान्न गाह्रो छ, तर पनि पुर्याउँछौं
१३० सिलिन्डर रहेको गण्डकी मेडिकल कलेजको प्लान्टले दैनिक २२ सिलिन्डर भनसक्छ । गण्डकी मेडिकल कलेजमा एक दिनमा २ सय ३१ सिलिन्डरको माग छ । उति नै संख्यामा सिलिन्डर रहेको मनिपाल शिक्षण अस्पतालको प्लान्टबाट दैनिक ४० सिलिन्डर उत्पादन हुन्छ । मनिपालमा ९० सिलिण्डर एक दिनमा आवश्यक छ ।
फिस्टेल अस्पतालको प्लान्टबाट दैनिक ३० सिलिन्डर अक्सिजन उत्पादन गर्नसक्ने क्षमता छ । फिस्टेलमा २५ वटा सिलिन्डर छन् । फिस्टेलमा २३ सिलिन्डर प्रत्येक दिन खपत हुन्छ । मातृशिशु अस्पतालको प्रतिदिन १० सिलिन्डर उत्पादनको क्षमता छ । अस्पतालमा १४ सिलिण्डर छन्, जहाँ दैनिक ३ वटामात्र अक्सिजन सिलिण्डर खर्च हुने गरेको छ । फेवासिटी अस्पतालसँग हाल १४ सिलिन्डर छन् भने अस्पतालको प्लान्टले प्रतिदिन ३० सिलिन्डर उत्पादन गर्नसक्छ । फेवासिटीमा दैनिक ३० सिलिन्डर अक्सिजन आवश्यक पर्छ ।
साना ठूला अस्तालहरुको समेतिगरि कास्कीमा थप २ सय १५ सिलिन्डर छन् । यो बाहेक पोखरा अक्सिजन ग्यासमा १ हजार ५ सय र कालिगण्डकीमा २ हजार ५ सय सिलिन्डर छन् ।
कास्की बाहेक प्रदेशको १० जिल्लामध्ये ५ जिल्लामा प्रक्रियामा रहेको र बाँकी ५ जिल्ला अस्तालले उत्पादन सुरु गरिसकेका छन् । प्रक्रियामा रहेको मनाङमा १०, तनहुँमा ४०, नवलपुरमा ८७, लमजुङमा ५० र गोरखामा ६६ वटा सिलिन्डर रहेका छन् । जिल्ला अस्पताल मुस्ताङमा २८ वटा सिलिन्डर छ भने दैनिक पन्ध्र वटा भर्न सक्ने क्षमता छ । पर्वत अस्पतालमा एक सय खाली सिलिन्डर छ । जसले दैनिक तीस सिलिन्डर उत्पादन गर्छ । स्याङ्जामा तीस वटा सिलिन्डर खाली छ अस्पतालको अक्सिजन प्लान्टले दैनिक दश वटा सिलिन्डर भर्छ । धौलागिरी अस्पतला बाग्लुङमा ८५ वटा सिलिण्डर छ भने दैनिक तीस वटा सिलिण्डरमा ग्यास भर्न सक्छ । र म्याग्दी जिल्ला अस्तालले दैनिक १८ सिलिण्डर अक्सिजन भर्न सक्छ भने अस्पतालमा ७० सिलिण्डर छन् ।
कास्की बाहेक १० जिल्ला अस्पतालमा बाहेक ५ सय ३८ वटा सिलिण्डर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१