ग्यास उद्योगी भन्छन् : अक्सिजन माग धान्न गाह्रो छ, तर पनि पुर्‍याउँछौं

धनबहादुर गुरुङ
जेठ ३, २०७८
Oxygen Photo joint

पोखरा । पोखरा औधोगिक क्षेत्रमा ग्यास लिन जाने सवारीको लर्को देखिन्छ आजभोलि । ग्यास लिनका लागि एक्बुलेन्सदेखि मिनि भ्यानको लाम हुन्छ । त्यही लाइनमा थिए, स्याङ्जाका २२ वर्षीय बुद्धि पौडेल । कालिगण्डकी अक्सिजन ग्यास प्रालिको प्रांगणको एउटा बेन्चमा बसेर केही आत्तालिदै पनि थिए, पौडेल । उनले पोखराको चरक मेमोरियल अस्पतालमा ग्यास ओसार्ने काम गर्छन् ।

उनको अनुहारमा चमक थिएन्, किनभने उनी ग्यास कै लागि दिनरात नभनी खटिएका छन् । उनलाई दिनको भोक र रातको निदको कुनै फिक्री छैन् । दिउँसो पनि उनी ग्यास लिन कै लागि औधोगिक क्षेत्र पुगेका हुन् । आफ्नो पालो कहिले आउँछ भन्ने भन्दा पनि ग्यास समयमा पुर्‍याउन सकिएन भने कोरोना संक्रमितको ज्यान तलमाथि हुन्छ कि ? भन्ने पिरलो थियो उनलाई । बिरामीको चिन्ताले मनमा हुटहुटी बढेको उनले बताए ।

आफूले काम गर्ने अस्पतालमा ग्यास प्लान्ट नभएका कारण निजी ग्यास कम्पनीबाटै ग्यास पुर्‍याएको उनले बताए । चरक अस्पतालमा अहिले प्रत्येक आधा घन्टामा ८ वटा सिलिन्डर खाली हुने गरेको उनी बताउँछन् । ‘सिलिन्डर खाली हुने बित्तिकै कि पोखरा कि कालीगण्डकीमा दौडिहाल्ने हो,’ उनले भने, ‘अहिले एउटा एम्बुलेन्स र जीपबाट ग्यास ओसारिरहेका छौं ।’

पौडेलले चरक अस्पतालमा ड्राइभिङको काम गर्न थालेको असारदेखि हो । असारमा उनले काम गर्दा कम्पनीको गाडि नै अस्पतालमा ग्यास छोड्न जाने गरेको उनी सम्झन्छन् । गएको केही हप्तादेखि अस्पतालको गाडी नै ग्यास कम्पनी पुग्ने परेको उनले बताए । उनले दैनिक १० ट्रिपसम्म ग्यास ओसार्ने गर्छन् । ‘यस्तो अवस्था आउँला भनेर कहिले सोचेको थिइन्,’ उनले भने, ‘८ ट्रिप सधैं ओसार्ने गर्छु, कहिले अझै धेरै नै हुन्छ ।’ अस्पतालमा ग्यास प्लान्ट भए केही सहज हुने पौडेलले बताए ।

कालीगण्डकी अक्सिजन ग्यास प्रालि भने पछिल्लो समय माग बढी भएको कारण पुर्‍याउन गाह्रो परेको बताउँछ । कम्पनी स्थापना गर्दा गण्डकी प्रदेशलाई धान्ने गरि बनाएपनि पछिल्लो समय देशलाई कठिन परेको बेला आफूहरुलाई पनि अप्ठेरो भएको कालीगण्डकीका अध्यक्ष कालिदास बरालले जानकारी दिए । ‘कसैले पनि आफ्नो उद्योग राख्दा क्याल्कुलेसन गरेर मात्र राख्छ, त्यो अनुसार सिलिन्डर र बत्ती राम्रोसँग दिने हो भने ४ नम्बर क्षेत्रलाई पुग्छ,’ उनले भने, ‘तर परिस्थिति कस्तो भइदियो भने सय जना जन्ती बोलाएर १ मानाको चामल पकाएर चम्चाले बाँडेर प्लेटमा खान दिने स्थिति आयो ।’

पहिला अस्पताललाई फोन गरेर ढोकामै सेवा पुर्‍याउँदै आएको उनले सम्झिए । योभन्दा अगाडि एउटा अस्पतलालाई ३० वटा सिलिन्डर दिँदा पुग्ने ठाउँमा अहिले १ सय ५० भन्दा बढी आवश्यक पर्ने गरेको उनले बताए । पोखराका अस्तालहरुलाई मात्र नभएर प्रदेशको अन्य जिल्लाबाट उति नै संख्यामा अक्सिजन लिनका लागि गाडि आउने गरेको उनको भनाइ छ । ‘गल्याङबाट आउँछ, गोरखाबाट आउँछ पहिलाको धौलागिरी अञ्चल पूरै धान्नु परेको छ,’ उनले भने, ‘यसले गर्दा आफूहरुलाई धेरै कठिन परेको छ, यस्तो कठिन त लाइफमा कहिले पनि सोंचेको थिइन् ।’

ग्यासको माग बढी भएका कारण २४ घन्टा काम गरेको उनले सुनाए । उनलाई दैनिक ६ सय देखि हजार फोन ग्यास कै लागि आउने गरेको छ । जति नै दुख भए पनि ज्यान भ्याएसम्म कर्मचारीहरुलाई फकाएर देशको कठिन परिस्थितीमा साथ दिने बरालले बताए ।

अहिले पोखरा अक्सिजन ग्यास प्रालिले दैनिक ८ सय सिलिन्डर अस्पतालमा पुर्‍याइरहेको छ । पोखरालाई अक्सिजन अभाव नभएपनि सिलिन्डर जुटाउन भने सकस परेको छ । सिलिन्डर अभावले समस्या ल्याउने सम्भावना देखिएको पोखरा अक्सिजन ग्यास प्रालिका प्रमुख दीपक भण्डारीले जानकारी दिए । स्रोतसाधन र सिलिन्डर भएसम्म अक्सिजनको अभाव हुन नदिने भण्डारी बताउँछन् ।

प्रालिले सामान्य समयमा उद्योग कलकारखाना र अस्पतालाई दैनिक १ सय देखि डेढ सयको हाराहारीमा सिलिन्डर पठाउँथ्यो । तर अहिले दैनिक ८ सयको हाराहारीमा अस्पताललाई मात्र अक्सिजन पुर्‍याइरहेको छ । प्रालिले कामको चाप बढी भएर कामदार समेत थपेको छ । तर व्यक्तिले घरमा सिलिन्डर जोहो गर्दा अभाव देखिएको छ । पछिल्लो समय कामको चाप बढेको भए पनि सबैतिर मिलाएर ग्यासको अभाव हुन नदिने उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width