काठमाडौं । असहाय गाईबाछा संरक्षण अभियानले बितेका दुई वर्षमा सडक पेटीका बेवारिसे ३५० गाईबाछा विभिन्न स्थानबाट उद्धार गरी व्यवस्थापन गरेको छ । अभियानले उद्धार गरी छाना, खाना र उपचारको उचित प्रबन्धको सुनिश्चिततासमेत गरेको छ ।
खान नपाएर दुब्लाएका, पानी पिउन नपाएका, सडक दुर्घटनामा घाइते बनेका, सानो उमेरमै बाटामा फालिएका, रेबिज रोग लागेका र अनेक किसिमले दुव्र्यवहारमा परेका गाईबाछाको संरक्षणका लागि २०७६ जेठ १ गते अभियान शुरुआत गरिएको थियो ।
वाग्मती सफाइका क्रममा हरेक दिन कम्तीमा एउटा बाछाको अन्त्येष्टि गर्नुपरेको अनुभव समेट्दै अब उनीहरुले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने हेतुले अभियान थालनी गरिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।
अभियानले स्थानीय सरकारले प्रत्येक नगर या गाउँपालिकामा एउटा कान्जिहाउस स्थापना गर्नुपर्ने, कृषि क्षेत्रमा लगानी गर्दा बाछा व्यवस्थापनको जिम्मेवारी सरकार स्वयंले बहन गर्नुपर्ने, राष्ट्रिय जनावर वा तिनका सन्तानमाथिको क्रूरतालाई कानूनी रुपमा दण्डित गरिनुपर्ने, एउटा स्थानीय एकाइबाट अर्को एकाइमा गाईबाछा ओसारपसारमा स्थानीय तहको अनुमति अनिवार्य गर्नुपर्ने माग गरेको छ ।
रासस
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१