पोखरा । संसदबाट विश्वासकाे मत नपाएर पदमुक्त भएका केपी शर्मा ओली फेरि प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ३ बमोजिम एमाले संसदीय दलका नेता ओलीलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
प्रधानमन्त्रीमा उनको यो तेस्रो पटकको नियुक्ति हो । यसअघि उनी २०७२ असोज २५ देखि २०७३ साउन १९ सम्म पहिलोपटक प्रधानमन्त्री भएका थिए । २०७४ चैत ३ गते संविधानको धारा ७६ को उपधारा २ बमोजिम दोस्रो पटक प्रधानमन्त्री भएका थिए।
ओलीले धारा १०० को उपधारा १ बमोजिम प्रतिनिधिसभामा विश्वासको मतका लागि गत सोमबार राखेको प्रस्ताव पारित हुन नसकेपछि उनी पदमुक्त भएका थिए। त्यसपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी थिइन्।
तर बहुमतको सरकारका लागि कुनै पनि दलका नेताले दाबी पेस गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संसद्को सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। शपथ भोलि दिउँसो हुनेछ।
प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत दिनुपर्छ। नभए धारा ७६ (५) अनुसार सरकार गठनको प्रयास हुनेछ। त्यो असफल भएमा मुलुक मध्यावधि चुनावतिर जानेछ।
Related News
सम्बन्धित समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१