कांग्रेसले भन्यो  :  प्रदेश प्रमुखको एकतर्फी निर्णय

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७८
mani bhadra

पोखरा । गठबन्धनका ४ दलले पेस गरेको निवेदनउपर छानबिन नै नगरी अर्का मुख्यमन्त्री नियुक्त गर्नु कानुनसम्मत नभएको बताएको छ ।

बहुमतीय सरकारको सम्भावना रहँदा रहँदै दोस्रो विकल्प खोज्नु नै गल्ती भएको टिप्पणी उसले गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले धारा १६८ को २ अनुसार सरकारका लागि दाबी गरिसकेको अवस्थामा त्यसउपर छानबिन नै नगरी उपाधारा ३ मा जानु युक्तिसँगत नभएको बताए ।

उनले भने, ‘प्रदेश प्रमुखले उताबाटै माइन्ड सेट गरेर आउनुभएको रहेछ । त्यही अनुसार गर्नुभयो ।’

Related News

सम्बन्धित समाचार

hero news full width