पोखरा । राष्ट्रिय सभाको सदस्य पदमा डा। खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह र जसपा नेपालको उपेन्द्र यादव पक्षको साझा उम्मेदवारका रुपमा देवकोटाले शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराएका हुन् ।
देवकोटाको मनोनयन दर्ताका लागि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, ओम ग्लानलगायतका नेताहरु निर्वाचन कार्यालयमा पुगेका थिए ।
रामबहादुर थापा ‘बादल’लाई नेकपा माओवादी केन्द्रले कारवाही गरेसँगै रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो ।
बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।
नेकपा एमालेको तर्फबाट भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उम्मेदवारी मनोनयन दर्ता गर्ने नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताए । बादल उम्मेदवारी दर्ताका लागि हेटौँडा पुगेका छन् ।
Related News
सम्बन्धित समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१