पोखरा । गण्डकी प्रदेशमा नवनियुक्त प्रमुख सीता पौडेल २०१४ सालमा कास्कीको पुरुन्चौरमा जन्मिएकी हुन् । स्थानीय भारती भवन माविमा १ कक्षा पढेपछि उनको परिवार २०२२ मा चितवन झर्यो । २०२७ मा ७ कक्षा पढ्दा उनी स्कुल युनियनमा छिरेपछि राजनीतिक जीवनको आरम्भ भयो । २०३४/३५ साल ताका तत्कालीन नेकपा क्रान्तिकारी महिला अध्ययन दलमा संगठित भएर २०३७ सालमा अनेम संघमा लागिन् ।
२०४३ सालमा पार्टीको तत्कालीन नेकपा मालेको जिल्ला कमिटी सदस्य तथा अनेमसंघको केन्द्रीय सदस्य बनिन् । २ कार्यकाल महासचिव (२०५५, ०६२), १ कार्यकाल उपाध्यक्ष हुँदै केन्द्रीय संयोजकमा कार्यरत छिन् । २०५५ सालमा उनी महासचिव हुँदा सदस्य रहेकी हालकी राष्ट्रपति विद्यादेवी भण्डारी २०६२ सालमा अध्यक्ष बन्दा पौडेल महासचिवमा दोहोरिन् । २०६९ को पोखरा राष्ट्रिय सम्मेलनमा उनी उपाध्यक्ष बनेकी थिईन् ।
पौडेल पार्टीको अञ्चल कमिटी सदस्य, राष्ट्रिय परिषद् सदस्य हुँदै नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य छन् । २०५६ सालको चुनावमा पराजीत भएपछि एमालेको समानुपातिक कोटाबाट पहिलो संविधानसभाको सदस्य बनेकी थिइन् ।
लामो समयदेखि कम्युनिस्ट पार्टीमा आवद्ध उनी हाल अनेम संघको केन्द्रीय संयोजक तथा सातौं राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजक हुन्। साथै गत साउनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकार छिन् ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१