लेखनाथ । वेगनास युवा क्लबको ३० औं साधारणसभा तथा १५ औं अधिवेशनले नीराजन बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले बरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समिति उपाध्यक्षमा रोशन खनाल, सचिव रामकृष्ण लामिछाने, सहसचिव सुभाष थकाली र कोषाध्यक्ष प्रकाश बराल तथा सदस्य गजेन्द्र रानाभाट, नितेश लालचन, बुद्ध गुरुङ, विज्ञान कोइराला, सुजन आचार्य र सागर रानाभाट छन् ।
क्लब अध्यक्ष रामबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष दुर्गाप्रसाद अधिकारी, कृष्णप्रसाद ढुंगाना, महेश पौडेल, केदार लामिछाने, सञ्चारकर्मी सचिन रानाभाट लगायतले क्लबले सरसफाइ साथमा वेगनास क्षेत्र घुम्ने पर्यटकको सुविधाका लागि नयाँ कार्यक्रम ल्याउनु पर्ने सुझाव दिए ।
कार्यक्रममा क्लब कोषाध्यक्ष रामकृष्ण लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
क्लबले वेगनासताल क्षेत्र मात्र नभै फेवातालमा जलकुम्भी सफाइ अभियान, फेवा किनार तथा फिर्केखोला सफाइ अभियान लगायत गरिसकेको छ । क्लबले यसबाहेक २ संस्करणको वेगनास कप समेत सम्पन्न गरेको छ ।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१