पोखरा । कास्कीमा निषेधाज्ञा जारी रहँदा जिल्ला अदालतमा भने बन्दीप्रत्यक्षीकरण निवेदनको सुनुवाइ हुने भएको छ ।
यस्तै बालसुधार गृहमा रहेका बालबालिका जिम्मा लिइनेसम्बन्धी निवेदनको कारबाही, पक्राउ पुर्जी अनुमति, जरुरी पक्राउ पुर्जीको समर्थनसम्बन्धी कार्य, अभियुक्तलाई अनुसन्धान तहकिकातका लागि हिरासतमा राख्न अनुमति दिइने जस्ता कार्य जारी रहने छन् ।
जिल्ला प्रशासन कार्यालयले वैशाख १५ देखि २१ सम्म लागु हुने गरी जारी गरेको निषेधाज्ञामा ‘स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, औषधी तथा औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायतका अत्यावश्यक सेवा तथा कार्य गर्ने बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह नगर्ने’ उल्लेख छ । तैपनि जिल्ला अदालत कास्कीको सोमबारको निर्णयअनुसार बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाइ लगायतका सेवा जारी रहने भएका हुन् ।
यस्तै, अदालतमा अभियोगपत्र दर्ता, पक्राउ परी आएका अभियुक्तको बयान लिने र थुनछेक आदेश गरिने भएको छ । फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ अन्तर्गतका निवेदन सुनुवाइ, पक्षहरु तारेखमा नरहेका र एकपक्षीय सुनवाइ हुने डिसमिस, तामेली लगायतका मुद्दाको किनारासम्बन्धी, विचाराधीन मुद्दा मिलापत्र तथा मुद्दा फिर्ता लगायत सेवा जारी रहने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१