आहाराराका उत्कृष्ट खेलाडीलाई स्कुटर हस्तान्तरण

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
aprila

पोखरा । आहारारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबु थापालाई स्कुटर हस्तान्तरण गरिएको छ । सहारा क्लब पोखराको आयोजनामा भएको १९ औं संस्करणको आहारारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई सोमबार अप्रिला स्कुटर हस्तान्तरण गरिएको हो ।

उपाधि विजेता टोली संकटाका गोलरक्षक समेत रहेका राजुबाबुलाई पोखरामा अप्रिलाका अधिकृत बिक्रेता सिताज लाइफ स्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले स्कुटर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा क्ला अध्यक्ष केशवबहादुर थापा, पूर्वअध्यक्ष विक्रम थकाली, प्रथम उपाध्यक्ष हरिराम गुरुङ (सुरज) लगायतको उपस्थिति थियो । राजुबाबुले प्राप्त गरेको स्कुटर अप्रिला स्ट्रोम १२५ को बजार मूल्य २ लाख ४६ हजार ९ सय पर्छ । कम्पनीले स्कुटरमा लाग्ने कर छुट समेत गरी हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

पोखरा रंगशालामा गत चैत २१ देखि २८ सम्म चलेको प्रतियोगितामा संकटाले उपाधि जित्दा पाहुना टोली अफ्रिकन रुट एसोसिएसन, क्यामरुन उपविजेतामा सीमित भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै