पोखरा, ७ वैशाख । पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड पर्यटकको लागि हव हो । विभिन्न देशका पर्यटक ठूलो संख्यामा घुम्न आउँछन् । साइकल वा मोटरसाइकल भाडामा लिएर यहाँको सुन्दरता विचरण गर्न निस्कन्छन् । त्यही दृश्य लेकसाइडमा जन्मेहुर्केकी जमुनाको बालमस्तिष्कमा अमिट छाप बस्यो । साइकल चलाउने रहर पूरा गर्न आमासँग ५ रुपैयाँ मागेर आधा घण्टासम्म भाडामा लिएको साइकल चलाएको उनी सम्झिन्छन् । स्कुल छुट्टि भएपछि जुम्ल्याहा गंगा–जमुना यसैगरी भाडामा साइकल लिएर टाढाटाढासम्म जान थान्थे । बावु रामबहादुर र आमा हरिमाया थापाका जुम्ल्याहा दिदीबहिनीमा गंगा होटल म्यानेज्मेन्ट क्षेत्रमा छिन् भने कान्छी जमुनालाई रहरैरहरमा सिकेको साइकलले नामदाम दुवै दिएको छ ।
१३ औं सागमा डाउन हिल साइक्लिङतर्फ रजत पदक विजेता पोखरेली जमुना बल्ल २३ वर्ष भइन् । तालबाराही माविबाट प्लस टूको अध्ययन पूरा गरेकी उनले खेलकुद क्षेत्रमा केही गर्ने लक्ष्य रहेको बताउँछिन् । जमुुना भन्छिन्, ‘साइक्लिङतर्फ लेडिजको कम सहभागिता छ । नयाँ नयाँको लागि प्रेरणा मिल्ने भएकोले यसैमा लागेकी हुँ ।’
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिलातर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको उनले बताइन् । भनिन्, ‘उत्कृष्ट ३ को मनोनयनमा पर्नु नै ठूलो कुरा हो । खेल क्षेत्रमा लागेमा अवश्य कदर हुँदो रहेछ भन्ने लागेको छ ।’
गोरखामा हालै आयोजित फस्ट लिगलिग साइक्लिङ म्याराथन (५४ किमी) प्रतियोगितामा जमुनाले भाग लिएकी थिइन् । प्रतियोगिताको समग्रमा नवौं स्थान तथा गण्डकी प्रदेशबाट कास्य पदक विजेता उनी जमुना २०७७ मा आयोजित प्रथम त्रियुगा खेलकुद महोत्सवमा रजत पदक विजेता पनि हुन् । जमुना पौडी खेलाडी पनि हुन् । पोखरामा भएको आठौं राष्ट्रिय ट्राइथलन–२०७५ मा उनले कास्य पदक जितेकी थिइन् । गण्डकी बोर्डिङ स्कुलमा स्वीमिङ लाइफगार्ड तथा कोच उनी लकडाउन अघिसम्म साइकल टुर्स एण्ड ट्राभल्समा काम गर्थिन् ।
माउन्टेन बाइकमै मनाङ र जोमसोमको टूर गरेकी उनी एकै दिनमा ८० किमीसम्म पार गरेको बताउँछिन् ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१