पोखरा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बदलिँदो राजनीतिक अवस्था अनुरुप सुरक्षा नीति बनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
पोखरामा २ दिनसम्म चलेको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन बोल्दै उनले सुरक्षा अवस्था हेरेर योजना बनाउन निर्देशन समेत दिए । खाली व्यक्तिको सुरक्षा र स्वतन्त्रतामा मात्र नभइ विकास निर्माण कामलाई पनि सहजीकरण गर्नुपर्ने, आपराधिक क्रियाकलाप नियन्त्रणमा कसरी ध्यान दिने भन्नेबारेमा चनाखो हुनुपर्ने उनको निर्देशन थियो ।
‘व्यक्तिको सुरक्षा र स्वतन्त्रतामा मात्र नभइ विकास निर्माण कामलाई पनि सहजीकरण गर्नुपर्छ’
गण्डकीमा आपराधिक क्रियाकलाप न्यून हुँदै गएको दाबी गर्दै उनले विगतमा विप्लव नेतृत्वको माओवादीको क्रियाकलाप हुने गरे पनि अहिले शान्तिप्रक्रियामा आइसकेकोले सुरक्षा चुनौती सन्तोषजनक रहेको बताए ।
गृहसचिव महेश्वर न्यौपानेले देशैभरको शान्तिसुरक्षाको अवस्था मजबुद रहेको दाबी गरे । उनले नेपाल अहिले समृद्धिको दिशामा अघि बढेकोले विकास निर्माणका क्रियाकलापमा सहजीकरण गर्नुपर्ने, मुआब्जाको काम छिटो टुंगाउनुपर्ने, निर्माण सामग्री जस्तो ढुंगा, गिट्टी, बालुवा आपूर्तिमा सहजीकरण गर्नुपर्ने, लागुऔषध नियन्त्रण गर्नुपर्ने विषयमा ध्यान दिन आग्रह गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संघीयताको मर्म अनुसार चल्न समेत सुरक्षा निकायलाई निर्देशन दिए ।
गृहप्रवक्ता चक्रबहादुर बुढाले संघीयतापछि सरकारले हरेक वर्ष सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा प्रदेशस्तरमा सुरक्षासम्बन्धी गोष्ठी आयोजना गर्दै आएकोमा यसपालि पहिलो पटक गण्डकीमा गरिएको बताए ।
अन्य प्रदेशको तुलनामा गण्डकीमा सुरक्षा अवस्था सामान्य र सन्तोषजनक रहेको गोष्ठीको निष्कर्ष रहेको बताए । सकेसम्म अपराध हुन नदिने र अपराधलाई भइहाले त्यसको रेस्पोन्स तुरुन्त कसरी गर्न सकिन्छ भन्नेबारे केन्द्र तहबाट आवश्यक निर्देशन भएको जानकारी दिए ।
गोष्ठीमा प्रहरी महानिरीक्षक आइजिपी शैलेश थापा, सशस्त्रका शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका गणेश अधिकारी, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लगायतले जिल्लागत रुपमा ठोस कार्यक्रम बनाएर अघि बढ्नुपर्ने बताए ।
गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, चारै वटा सुरक्षा निकायका प्रमुख लगायत गरी झन्डै १ सय जनाको सहभागिता थियो । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराएका थिए ।
गृह मन्त्रालयले क्रमशः अन्य प्रदेशमा पनि यसखालको गोष्ठी गर्दै जाने जनाएको छ ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१