एथ्लेटिको मड्रिड सेभियासँग रोकियो

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७७
athleti-sevilla

पोखरा । स्पेनिस लालिगा लिडर एथ्लेटिको मड्रिड सेभियासँग रोकिएको छ । आज विहान भएको खेलमा सेभियासँग १–० ले हार भोग्यो । यो उसका लागि उपाधि खोसिन सक्ने नतिजा हो ।

सेभियाको घरेलु मैदानमा भएको खेलको ७० मिनेटमा मार्काेस अकुनाले गोल गरेका थिए । खेल अधिकांश सेभियाले पकड राखेको थियो ।

मड्रिड २९ खेल खेलेर ६६ अंकमा रोकिदा सेभियाले भने समान खेलमा ५८ अंक बनाएको छ ।

उता २०२१ मा लयमा देखिएको बार्सिलानाको लागि उपाधि केही सहज भएको छ । जसमा रियल मड्रिडको पनि उत्तिकै सम्भावना छ ।

रियल २९ खेलबाट ६३ अंक जम्मा गर्दै दोश्रो स्थानमा छ भने १ खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै