भिमादमा विद्यालय बन्द नहुने

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७७
Bhimad

दमौली । सरकारले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्ने जनाए पनि भिमाद नगरपालिकाले भने नियमित रुपमा विद्यालय सञ्चालन गर्ने भएको छ ।

नगरभित्र हालसम्म कुनै वातावरणीय असहज अवस्था नरहेकोले भन्दै विद्यालय नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।

नगरपालिकाले सोमबार सूचना जारी गर्दै नगर क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुनाले विद्यालय नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

नगरपालिकाको शिक्षा शाखा अधिकृत टेकावती ढकालले भनिन्, ‘नगर क्षेत्रभित्र कुनै वातावरणीय असर देखिएको छैन । त्यसैले विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्न गराउन निर्देशानुसार सूचित गरिएको छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै