तनहुँ । शुक्लागण्डकी नगरपालिकाको आयोजनामा भएको गण्डकी प्रदेश स्तरीय खुला अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि बागलुङको गल्कोट नगरपालिकाले जितेको छ । गाउँफर्कोदय मावि गणपति ढोरफिर्दीको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ लाई ३–१ को सेटमा पराजित गर्दै गल्कोटले उपाधि रक्षा गरेको हो ।
पहिलो सेटमा शुक्लागण्डकीले कमजोर प्रदर्शन गर्दा गल्कोटले २५–१६ को नतिजा प्राप्त ग¥यो । घरेलु मैदानमा हजारौं समर्थकको साथ पाएको शुक्लागण्डकीले प्रतिस्पर्धात्मक दोस्रो सेटमा २६–२४ स्कोरमा जित हासिल ग¥यो । तेस्रो सेटमा २५–२१ र चौथो सेटमा २५–१६ स्कोर प्राप्त गर्दै गल्कोटले उपाधि कब्जा गर्न सफल भयो । गल्कोटले उपाधि सहित नगद १ लाख ५० हजार रुपैयाँको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
घरेलु मैदानमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलोपटक भएको मेयर कपको उपाधि उचालेको हेर्ने चाहना गल्कोटका अनुभवी खेलाडीका सामु शुक्लागण्डकीका खेलाडी कमजोर हुँदा पूरा भएन । शुक्लागण्डकीले उपविजेता हुँदै नगद १ लाख रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
शुक्लागण्डकी ‘ए’ शनिबार भएको पहिलो सेमिफाइनलमा घिरिङ गाउँपालिकालाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । गल्कोटले कास्कीको मादी गाउँपालिकालाई हराउँदै शुक्लागण्डकीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
सेमिफाइनलमा पराजित घिरिङ र मादीबीच तेस्रो स्थानका लागि भएको खेलमा मादीले सफलता हासिल ग¥यो । मादीले घिरिङलाई २५–२३, २७–२९, २५–२२ र २५–२० स्कोर प्राप्त गर्दै ४–१ को सेटमा पराजित गरेको छ । तेस्रो भएको मादीले नगद ५० हजार रुपैयाँको साथमा सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । सान्त्वना स्थानमा रहेको घिरिङले २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गल्कोटका विमल परियार घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए । बेस्ट स्पाइकर मादीका सफल विक, बेस्ट सेटर गल्कोटका मीन सुनार, बेस्ट ब्लकर शुक्लागण्डकी ‘ए’ का मीनबहादुर कुमाल, बेस्ट डिफेन्डर गल्कोटका रिजन राना र उदयमान खेलाडी शुक्लागण्डकी ‘ए’ का प्रदीप गुरुङ घोषित भए । उनीहरुले जनही ५ हजार प्राप्त गरे ।
विजेता खेलाडीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, शुक्लागण्डकीका मेयर किसान गुरुङ, उपमेयर सविता रसाइली लगायतले पुरस्कृत गरे ।
प्रतियोगितामा तनहुँसँगै कास्की, स्याङ्जा, नवलपुर र बागलुङका १३ समूह सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१