दमौली । शुक्लागण्डकी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
गण्डकी प्रदेशअन्तर्गत पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन ४ खेल भएका छन् । गाउँफर्कोदय माविको खेलमैदान ढोरफिर्दीमा भएको खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ सहित कास्कीको मादी, स्याङ्जाको हरिनास र नवलपुरको बौदिकाली गाउँपालिकाले विजयी सुरुवात गरेका छन् ।
पहिलो खेलमा मादीले आयोजक शुक्लागण्डकी ‘बि’ लाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । मादीले शुक्लागण्डकी ‘बि’ लाई २–० को सोझो सेटमा पाखा लगाउँदै दोस्रो चरणको यात्रा तय गरेको हो ।
दोस्रो खेलमा शुक्लागण्डकी ‘ए’ ले देवघाट गाउँपालिकालाई २–० को सोझो सेटमा पराजित गरेको छ ।
तेस्रो खेलमा हरिनासले निकै कमजोर सावित व्यासलाई २५–११, २५–१४ को सोझो सेटमा पाखा लगायो ।
दिनको अन्तिम खेलमा नवलपुरको बौदीकालीले म्याग्देलाई २५–१३, २५–२३ को सोझो सेटमा हरायो ।
विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख, तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने मेयर कप सञ्चालन तथा व्यस्थापन समिति संयोजक दीर्घबहादुर थापाले जानकारी दिए ।
यस्तै, सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बेष्ट स्पाइकर, सेन्टर सर्भर, ब्लकर, डिफेन्डरले जनही ५ हजार रुपैयाँ हात पार्नेछन् ।
शनिबार पहिलो चरणको बाँकी ३ खेल हुने आयोजकले जनाएको छ । आइतबारसम्म चल्ने प्रतियोगितामा १५ टिमले सहभागिता जनाएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतियोगिता उद्घाटन गर्दै भलिबलमा महिला पुरुष दुवैलाई समावेशी तरिकाले खेलाउनुपर्ने बताए । उनले भने, ‘समाजमा भावनात्मक सम्बन्ध विकास गर्न खेलकुदको भूमिका रहन्छ ।’
मेयर किसान गुरुङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपमेयर सविता रसाइली, शिक्षा शाखाका अधिकृत ज्योतिप्रकाश तिम्लिसिना लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
भलिबलमा अटल हिमाल
इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१